सशस्त्रका भूर्तेलको आलिसान जिन्दगी, कसले गर्ने सम्पत्ति छानबिन

राजनीति समाचार

काठमाडौं । ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने भनाइ सशस्त्र प्रहरी बलमा चरितार्थ भएको छ । जग्गा खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भएको समाचार गत हप्ता तामाकोशी सन्देश साप्ताहिकले प्रकाशित गरेपछि सशस्त्र प्रहरी बलभित्र खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरी बलभित्र विगत लामो समयदेखि जग्गा खरिद र अधिकरण गर्ने जिम्मा एसपी ज्ञानप्रसाद भुर्तेलले पाएका थिए । भुर्तेल कुनै बेला कांग्रेस नेता डा. शेखर कोइरालाको भान्सेको रुपमा काम गर्थे ।

उनी नेपाल प्रहरीको असईबाट जागिरमा प्रवेश गरेका व्यक्ति हुन् । नेपाल प्रहरीको सई हुँदा पनि भूर्तेलले उठ्तीपुठ्ती धन्दा राम्रै चलाउने गरेको बताइन्छ । उनै भूर्तेल २०५८ सालमा नेपाल प्रहरी छाडेर सशस्त्र प्रहरी बलमा गएका थिए । २०५८ सालमा इन्स्पेक्टरमा बढुवा भएर सशस्त्र प्रहरी बलमा छिरेका भूर्तेल हाल एसपीमा कार्यरत छन् । भूर्तेल सशस्त्र प्रहरी बलभित्र २०५८ सालदेखि एकछत्र राज गर्दै आएका छन् । एसपी भुर्तेल काठमाडौं गणमा एक वर्ष र मकवानपुरमा ६ महिना हाराहारी बसेका थिए भने ६ महिना सुडानमा बिताएका थिए ।

सुडान मिसनमा ६ महिना हाराहारी बस्दा ७÷८ लाख कमाएको र अन्य कमाई सशस्त्र प्रहरी बलको जागिर खरिददेखि विभिन्न खरिदमा घोटाला गरेर अकुत सम्पत्ति आर्जन गरेको बताइन्छ । उनले आर्जन गरेको सम्पत्ति देखेर सशस्त्रका अन्य प्रहरीहरु पनि तीनछक पर्ने गरेका छन् । उच्च प्रहरी अधिकृत भन्छन्, ‘जागिर खानु त भूर्तेलको जस्तोे, । भूर्तेललाई सशस्त्रको हेडक्वाटरबाट अन्यत्र जानु नपर्ने, सुडानबाहेक कुनै अजबम्र मिसनमा गएका छैनन्, कहाँबाट गरे ? यति धेरै सम्पत्ति आर्जन’ भन्ने हल्ला सशस्त्र प्रहरीभित्र व्यापक रुपमा चल्न थालेको छ ।

भूर्तेलले (एपीएफ) अस्पताल नजिक आठ आना, १५ नम्बर गण नजिकै २० रोपनी, २२ नम्बर गण गुहेश्वरी भत्तपुरको जग्गा खरिदमा करोडौं भ्रष्टाचार गरेको र झापास्थित सशस्त्र प्रहरी बलको कार्यालय नजिक ३ विघा जमिन जोडेको समाचार गत हप्ता तामाकोशी सन्देशले सार्वजनिक गर्दा पनि सम्बन्धित निकायले छानविन गर्न नसकेको चर्चा सशस्त्र प्रहरी बलभित्र चल्ने गरेको छ । माथि उल्लेखित काण्ड त भूर्तेलका कालाकर्तुतको सामान्य उदाहरण मात्र हुन् ।

अन्य राशन खरिद, लत्ताकपडा खरिद, भौतिक संरचना निर्माण, विभिन्न ठेक्कापट्टा र हतियार खरिदमा भएको भ्रष्टाचार र अनियमितताको काण्ड त कति छन् कति । भूर्तेलले सशस्त्र प्रहरी बलको जग्गा खरिदमा पनि त्यत्तिकै कमिसन लिएको बताइन्छ । एउटा प्रहरी अधिकृतको जागिर खाएर काठमाडौंको टोखामा स्वीमिङपुलसहित आलिसान महल र ठाउँ–ठाउँमा जग्गा जोड्नुले कालाकर्तुत छर्लङ्ग भएको चर्चा सशस्त्रको हेडक्वाटरतिर राम्रै चल्ने गरेको छ । भूर्तेलको जग्गा हडप्ने प्रवृत्ति सहन नसकेर एक वृद्धको मुत्युसमेत भएको बताइन्छ । भूर्तेल शक्तिकेन्द्र प्रयोग ‘छेपारोले रङ्ग फेरे’फेरै छिनेभरमा जुनसुकै पार्टीमा पुग्न माहिर व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *