भूमि तथा अभिलेख विभागमा काफ्लेको हालिमुहाली

राजनीति समाचार

काठमाडौं । भूमि तथा सहकारी गरिबी निवारण मन्त्रालयमा नयाँ सचिव मदन भुजलले गत मंगलबार पदवहालि गरेका छन् । मन्त्रालयका सचिव केदारनाथ शर्मा बिदा भई रक्षा मन्त्रालयमा सरुवा भएका छन् । नापि कार्यालय भक्तपुर, ललितपुर, कलंकी, चावहिल जस्ता महत्वपूर्ण नापि प्रमुखहरुलाई तत्कालीन सचिव केदारनाथ शर्माले सरुवा गरेका थिए । उता, नापी विभागले भने कर्मचारी सरुवा गरेको छैन । मन्त्रालयले नापीका कर्मचरीहरु सरुवा गरिसकेको छ । सो कर्मचारी सरुवा गर्दा लाखौंको घुसपेठ भएको बताइन्छ ।

विभागले भने नापी कार्यालयका कर्मचारी सरुवा गरेको छैन । विभागको अनुसार अधिकांश नापी कार्यालयहरु जेनजी आन्दोलनबाट जलेर ध्वस्त भएपछि सो कार्यालय सञ्चालनको लागि पुरानै कर्मचारीको आवश्यकता रहेको नयाँ कर्मचारीले संरचना निर्माण गर्न नसक्ने जस्ता कारणले नापी विभागले सरुवा नगरेको बताइन्छ । तर तत्कालीन सचिव केदारनाथ शर्माले काठमाडौं उपत्यका लगायत देशका महत्वपूर्ण ठाउँमा नापी प्रमुखहरु सरुवा गरेका थिए ।

त्यसैगरी भुमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मीले कतिपय मालपोत प्रमुखहरु सरुवा गरिसकेका छन् भने कतिपय ठाउँमा मालपोत प्रमुखहरु पठाउन सकेका छैनन् । मालपोत प्रमुख सरुवाको लागि बिचौलियाहरुले खेलिरहेका छन् । त्यसमा नामोद भुमाफिया प्रमोद खड्काले विभिन्न कर्मचारीहरुलाई प्रलोभनमा पारेर सरुवाको खाँका तयारी गरिरहेका छन् । त्योसँगै सरुवा गर्न बाँकी भएका कर्मचारीहरुलाई थमौती गर्दै आर्थिक लाभ उठाउने काम भइरहेको छ ।

भुमि तथा अभिलेख विभाग प्रशासन फाँटका विष्णु काफ्लेले मालपोत अधिकृतहरुबाट सरुवामा चलखेल गरी लाखौ उठाउँदै थमौती गर्दै आएको बताइन्छ । उता, भुमि तथा सहकारी गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हा आफ्नै तालमा छन् । नत सहकारी पीडितलाई क्षतिपुर्ति दिन सकेका छ्न् नत कर्मचारी व्यवस्थापन गर्न सकेका छन् उल्टै सिन्हाले सिस्टमबाट काम चलाउने हो भन्दै मन्त्रालयमा दुइदिन मात्र हाटा गरेर मासिक तलब बुझ्ने गरेका छन् । भुमि तथा सहकारी गरिबी निवारण मन्त्रालय बिचौलिया र भ्रष्ट कर्मचारीहरुले चलाइरहँदा मन्त्री सिन्हा भने रमिते बनेका छन् ।

उपत्यका मालपोत प्रमुखहरु सरुवाको लागि व्यापक खेलोफड्को भइरहेको छ । तर, कमिशनको भाग नमिल्दा ती मालपोत प्रमुखहरु सरुवा भएका छैनन् । भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मी पनि कर्मचारी सरवामा लेनदेनमै व्यस्त रहेको बताइन्छ तर आफूचाँही सरुवामा देखा नपर्ने तर बिचौलिया प्रयोग गर्ने बताइन्छ । रेग्मीलाई तत्कालीन मन्त्री बलाराम अधिकारीले भुमि तथा अभिलेख विभागको महानिर्देशक बनाएर उपत्यका मालपोत प्रमुखहरु सरुवा गर्न लगाएका थिए ।

ती प्रमुखहरुको सरुवा मन्त्रालयको आदेशबाट गरिएको थियो । आज तीनै मालपोत प्रमुखहरुलाई रेग्मीले सरुवाको चाजोपाजो मिलाउन खोजिरहेका छन् । तर, मन्त्री सिन्हा र सचिवको समन्वय नभएको कारण सरुवाको निश्चित भएको छैन । सरुवा भएकाहरुलाई पनि लेनदेनको खेलोफाड्कोले गर्दा थमौती गरिएको छ । विभागमा विष्णु काफ्लेको हालिमुहाली चलिरहेको छ । काफ्लेकै कारण कर्मचारी सरुवादेखि काज सरुवामा समेत खेलोफड्को हुने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *