नेपाली सेना दिवसमा अमेरिकी सेनाको चर्तिकला

राजनीति समाचार

रामचन्द्र बस्नेत
दुई छिमेकी मुलुक चीन र भारतले फागुन २१ मा हुनगइरहेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका छन् । उत्तरी छिमेकी मुलुक चीनले त यो निर्वाचनलाई त्यति महत्व दिएको देखिँदैन । त्यसैगरी दक्षिण छिमेकी मुलुक भारतले पछिल्लो समयमा आएर नेपालमा निर्वाचनभन्दा पनि संसद् पुनस्थापनाको लागि पहल गरेको देखिन्थ्यो । तर, न्यायालयले संसद् पुनस्थापना गर्न हच्किएपछि निर्वाचनले प्राथमिकता पाउन थालेको छ । तर,निर्वाचन फागुन २१ गते निर्वाचन सम्पन्न भए तापनि कुनै दलले स्पष्ट बहुमत ल्याउने र एकल सरकार बनाउने अवस्था देखिँदैन । निर्वाचन सम्पन्न भइसकेपछि फेरि विभिन्न दलको मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ । एकातिर दुई छिमेकी मुलुक भारत र चीनले नरुचाउनु अर्कोतिर पश्चिमाहरुको दबदबाह बढ्नुले यो निर्वाचनमा कुनै दलले बहुमत ल्याउने छाट छैन । त्यसले गर्दा देश झन् अस्थिरतातिर धकेलिने सम्भवना बढेर गएको छ ।

अर्कोतिर निर्वाचन नजिकिँदै गर्दा गत बुधवार अमेरिकी नेताका प्रतिनिधि सुटुक्क नेपाल आएर फर्किनुले जनुतामा आशंका बढाएको छ । अमेरिकी सेना नेपाल आउँदा सामाजिक सञ्जालहरु रंगिएका थिए भने सञ्चार माध्यमहरुले त्यसलाई खासै स्थान दिएको पाइँदैन । उता, परराष्ट्रमन्त्रालय र सुरक्षा निकायले पनि अमेरिकी सेना आएको र गएको कुनै जानकारी सार्वजनिक गरेको पाइँदैन । अझ उदेक लाग्दो कुरा के छ भने नेपाली सेनाले आफ्नो २६३ औं सेना दिवस टुँडिखेलमा मनाइरहँदा अमेरिकी सेनाको ब्यान्डले सांगीतिक र सास्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । नेपाली सेनाको इतिहासमा अमेरिकी सेनाले उनीहरुको ब्यान्ड बाजागाजासहित नाचगान गरेको यो पहिला घटनाको रुपमा लिइएको छ ।

पहिला–पहिला सेना दिवसमा नेपाली सेनाले आफ्नो कला–कौशल प्रस्तुत गर्दथे भने यसपालि अमेरिकी सेनाको ब्यान्ड बाजा आर्कषणको केन्द्र बन्न पुगेको देखिन्थ्यो । नेपाली सेनाको २६३ औंं दिवसको औपचारिक कार्यक्रममा विदेशी सेनाको उपस्थिति हुनुले नेपाली सेनाको गरिमा खस्किएको सर्वसाधारणले महसुस गर्न थालेका छन् । गत भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालत जलिरहँदा नेपाली सेना रमिते बनिरहनुको रहश्य यतिबेला आएर खुलाएको सर्वसारणको आँकलन छ । चुनाव नजिकिँदै गर्दा नेपालमा विदेशी सेना आउने–जाने क्रम बढिरहेको छ । त्यसले गर्दा नेपालको सुरक्षामा चुनौती थपिएको छ । विदेशी सेना नेपालमा ओहोरदोहोर गरिरहँदा निर्वाचन प्रभावित हुने आशंका पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *