ananta gurung

बालेन सरकारको नीति तथा कार्यक्रम

राजनीति लेख समाचार

अनन्त गुरुङ

बालेन सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले हिजो दुबै सदनको संयुक्त अधिवेशनमा प्रश्तुत गर्नु भएकोछ । प्रश्तुत भए संगै उक्त बालेन सरकारको नीति र कार्यक्रमको पक्ष र विपक्षमा दुबै सदन बाँडिएकाछन । साँसदहरुले आलोचना र प्रसंसा एकै साथ सदन भित्र र बाहिर सुरु गरेकाछन । जाहेर नै छ उक्त बालेन सरकारको नीति तथा कार्यक्रमलाई फेल गराउन सक्ने सामर्थ्या पुरानो दलहरुको नेतृत्वमा रहेको विपक्षी दलहरु सित छैन ।

यतिबेला विपक्षी दलहरुको लागि आफ्नो अस्तित्व जोगाउनको लागि पनि ठुलो संघर्ष गर्नु पर्दैछ । श्रम संस्कृति दलको मुखिय हर्क साम्पाङ नयाँ दल भएपनि पुरानो दलहरु भन्दा पनि कठोर बनेर संसदमा प्रश्तुत भईरहेकाछन । उहाँलाई बहुला बाँदर वा कुकुर केले टोकेको हो त्यसको प्रभाव साँसद हर्क साम्पाङको बोली र व्यवहारमा प्रत्येक्ष देखिएकाछन । विपक्षी दलहरुको काम सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्ने नै भएपनि नेपाली जनताको नजरबाट जोगिएर त्यसो गर्नु पर्ने हुन्छ । अहिलेको नेपाली जनता पहिलेको जस्तो नभएर सबै सुसूचित र राजनीति बुझेकाछन । पुराना दलहरुले फैलाएको भ्रममा परी नेपाली जनताले ३५ बर्ष लामो बहुमूल्य समय बर्बाद पारीसकेकाछन ।

अब पनि त्यसरी नै पुरानो दलहरुले फैलाएको भ्रममा परि राष्ट्रको बिकासको लागि अतिजरुरी महत्वपूर्ण समय खेरफाल्ने सोचमा नेपाली जनता रहेकाछैनन् । बालेन सरकारले ल्याएको नीति र कार्यक्रमलाई पुरानो दलहरुले मन पराउनु पर्छ भन्ने छैन । यो नीति र कार्यक्रम नेपाली जनताले चाहे अनुसारको नेपालको अवस्थामा परिवर्तन ल्याउन कै लागि बालेन सरकारले तयार पारेको हो । त्यसकारण यो नीति र कार्यक्रमलाई विपक्षी दलहरुले मनपराउनु पर्छ भन्ने बिलकुलै छैन । यदि बालेन सरकारले पुरानो दलहरुले चाहेको जस्तो नीति र कार्यक्रम ल्याउने हो भने नेपाली जनताले चाहेको परिवर्तन नेपालमा आउन सक्दैन ।

विपक्षी दलहरुले कडा आलोचना गरेको हुँदा बालेन सरकारले ल्याएको नीति र कार्यक्रम राम्रो भएको सबै नेपाली जनताले बुझ्नुपर्छ । सरसर्ती हेर्दा बालेन सरकारको नीति र कार्यक्रम नेपालमा ठुलै राजनीतिक परिवर्तन ल्याउन कै लागि केन्द्रित भएको महसुस हुन्छ । विपक्षी दलहरुले जति बिरोध गरेपनि त्यसको कुनै महत्व छैन । त्यसमा पनि श्रम संस्कृति पार्टीका मुखिया तथा साँसद हर्क साम्पाङको बिरोधको कुनै अर्थ छैन । कसैले त्यसलाई गम्भिरतापूर्वक लिन योग्य पनि मानेका छैनन् ।

उहाँको बिरोध भनेको बिना पीठोको ढिंडो ओढाल्ने काम मात्रै हो । उहाँले नेपालको प्रधानमंत्री बन्ने सपना देख्नु नराम्रो कुरो नभएपनि उहाँको तयारी अहिले पुग्दैन । बालेन र रबि जेल जानेहुँदा म मात्रै राजनीतिक विकल्प भएकाले नेपालको प्रधानमंत्री सजिलै बन्ने छु भनी सोच्नु तथ्यपरक लाग्दैन । यदि बालेन र रबि जेल गएपनि राष्ट्रिय स्वतंत्र पार्टी भित्र नेपालको प्रधानमंत्री बन्न योग्य साँसदहरुको लामो कतार नै छ । सार्वजनिक थलोमा गाई काटेर खान उक्साउने, हिन्दू मन्दिर र बौद्ध गुम्बा भत्काउन उक्साउने, राष्ट्रिय विभूती पृथ्वी नरायण शाहको फोटोमा थुक्ने र लातहान्न लगाउने उताउलो ३ जना साँसद मात्रै भएको दलको नेता कहिले पनि नेपालको प्रधानमंत्री बन्न सक्दैन ।

साँसद हर्कको हर्कतले अहिले नै के देखाईरहेको छ भने उहाँ नेपालको साँसद बन्न कै लागि पनि योग्य छैनन् । यदि उहाँलाई नेपालको प्रधानमंत्री बन्ने धेरै ठुलो चाहाना छ भने उहाँले प्रधानमंत्री बालेनको फोस्रो बिरोध गरेर मात्रै पुग्दैन उहाँले सबै नेपाली जनताको समक्ष आफु बालेन भन्दा योग्य भएको कुरा स्थापित गरी छाड्नु पर्नेछ । उहाँको अहिले सम्मको तितो टर्रो र बिषैबिष ओकलेको कुरा सुनी सके पछि नेपाली जनता उहाँ प्रति आकर्षण होइन विकर्षण भईरहेकाछन । उहाँले प्रधानमंत्री बालेनले जस्तै विपक्षीको आलोचना नगरी चुपैलागेर बस्न सकेको भए कुरा वेग्लै हुने थियो ।

हर्क साम्पाङ प्रति नेपाली जनताको मनमा चिसो पसीसकेको हुँदा फेरि आफ्नो ईमेज राम्रो बनाउन उहाँले कदापि सफल हुने देखिन्न । बालेन सरकारको धेरै नीति र कार्यक्रम मद्धे सबै भन्दा महत्वपूर्ण नेपालको संबिधान २०७२ को संसोधन नै हो । यसैबाट नेपालको राजनीतिमा परिवर्तन आउने वा नआउने कुरालाई निर्दिष्ट तुल्याउने छ । नेपाली जनताले चाहेको परिवर्तन भौतिक बिकास मात्र नभएर राजनीति बिकास पनि हो । संघियता र गणतंत्रलाई खारेज गर्नको लागि नेपाली जनताले विगत देखि नै सडक आन्दोलन गर्दै आएकाछन । सदनमा पनि नेपाली जनताको पक्षमा आवाज उठाउने र बोल्ने साँसदहरु नयाँ र पुराना धेरै छन ।

तर केहि पुराना दलका शीर्ष नेताहरु भने संघियता र गणतंत्र प्रति संवेदनशिल रहेको जनाउदै जनअवाजको बिरुद्ध बोल्दैछन । पुरानो दलहरुलाई नेपाली जनताले अहिले बाघबाट मूसो बनाईसकेको हुँदा अब मूसोको झुण्ड देखि बालेन सरकार डराउनु पर्दैन । विपक्षी दलहरुले हुकुम्बासीहरुलाई उचालेर असली सुकुम्बासीहरुको नाममा बालेन सरकार बिरुद्ध आन्दोलन चलाउन खोज्दैछन तर उहाँहरुले सफल भईजाने कुनै लक्षण प्रश्तुत गर्न सकीरहेको अवस्था छैन । बालेन सरकारको असल नियतलाई लत्याएर पुरानो दलहरुको कुनियतलाई साथ दिन गएमा असली सुकुम्बासीहरुले झनै दुस्ख पाउनेछन । ३५ बर्ष निरन्तर राज गरी सकेका दलहरुले सुकुम्बासी समस्यालाई स्थायी रुपमा नै समाधान गर्ने जमर्को कहिले पनि गरेको थिएन । सुकुम्बासी समस्यालाई पुराना दलहरुले आफ्नो राजनीतिको गोटी बनाएर हुकुम्बासीहरुलाई परिचालन गरी सुकुम्बासी समस्यालाई घरजग्गाको व्यापार व्यवसाय बनाएका थिए ।

बालेन सरकार त्यस्तो होइन एकै प्रयासमा सम्पूर्ण सुकुम्बासी समस्याको समाधन निकाल्ने योजना बनाएर अगाडि बढेकोछ । नेपाली जनताको बलियो साथ पाईरहेको बालेन सरकार पक्कै पनि आफ्नो स्वार्थरहित योजनालाई सफल पार्न सक्षम छन । संबिधान संसोधनको अन्य महत्वपूर्ण पक्षहरुमा राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको वापसी पनि छन । धेरै नेपाली जनताले यो दुबै बिषयलाई संबिधान संसोधन मार्फत वापस गर्न चाहेकाछन । त्यसकारण बालेन सरकारले बहुमत नेपाली जनताको चाहाना अनुसारको उक्त संसोधनहरु पक्कै पनि नेपालको संबिधान २०७२ मा गर्नै पर्ने हुन्छ । राजतंत्र र राष्ट्रपतिया संस्थाको तुलना गर्दा राजसंस्थाको पलटा नै भारी हुन्छ किनकि राजतंत्र एक शासकिय संस्था मात्रै भएर नेपालको गौरवपूर्ण इतिहास पनि हो । राज्य कोषको खर्चको हिसाबले पनि राजतंत्र कम खर्चिलो र लोकप्रिय रहेको देखिन्छ ।

संघियता र गणतंत्रले नेपाल राष्ट्रको आर्थिक खर्च मात्रै बढाएको छ भने राष्ट्रको आम्दानी बढाउनमा कुनै योगदान छैन । त्यसकारण धार्मिक, साँस्कृतिक र इतिहासिक महत्व बोकेको नेपालको राजतंत्रले धेरै गुणाले नेपालको आर्थतंत्रलाई बलियो बनाउने देखिन्छ । अब नेपाली जनताले २र३ बहुमत राष्ट्रिय स्वतंत्र पार्टीलाई दिएर बालेन सरकारको कामलाई धेरै धेरै आसान तुल्याईदिएकोछ । कमजोर विपक्षी दलहरु पहिले नै हारको मानसिकताले पीडित बनेर राष्ट्रिय सभालाई उचालेर बालेन सरकारको काममा बाँधा पुराउने ताकमा बसेकाछन ।

राष्ट्रिय सभालाई खारेज नै गरेर भए पनि बालेन सरकारले कमजोर विपक्षी दलहरुलाई नेपालको राजनीतिमा हाबी बन्न दिनु हुँदैन । यसै पनि राष्ट्रिय सभालाई विपक्षी पुरानो दलहरुले आफ्नो आफन्त र झोलेहरुलाई बुढेसकालमा जागिर खुवाउने थलो मात्रै बनाएर नेपाली जनताको नजरबाट धेरै तल गिराईसकेकाछन । बालेन सरकारको सबै भन्दा महत्वपूर्ण काम भनेको अब नेपालको संबिधान २०७२ को संसोधन गर्नु नै हो । सरकारको अरु नीति र कार्यक्रम कामकाजी मात्रै भएपनि भ्रष्टाचारलाई खतम पारी नेपालमा सुशासन ल्याउनको लागि महत्वपूर्ण छन ।

पुरानो दलका शीर्ष नेताहरुले अहिले सम्म नेपालमा के कस्तो भ्रष्टाचारहरु गरी बसेका थिए भन्ने कुरा सबैलाई ऐनामा हेरको जस्तै प्रष्ट भईसकेकोछ । पुरानो दलका शीर्ष नेताहरुले गरेको त्यस्तो भ्रष्टाचार ‍र अपराधजन्य करामतलाई छर्लङ्गै हुने गरी नजिकैबाट नियाली बसेका नेपाली जनता अब धेरै सतर्क भएकाछन । पुरानो दलहरुले फैलाउने भ्रमहरुको झाँसामा नेपाली जनता सजिलै फँस्ने छैनन् ।नेपाल राष्ट्र त नेपाली जनतालाई परिवर्तनकारी मार्गबाट अगाडि बढाउने जिम्मा बालेन सरकारलाई नेपाली जनताले दिएको हुँदा बालेन सरकारलाई दलहरुले के भन्छन भनी त्यसको सुनुवाई गर्न जरुरी छैन ।

बालेन सरकारलाई पुरानो दलका भ्रष्टाचारी शीर्ष नेताहरु र अन्य नेताहरुलाई कानुनी कार्बाही चलाएर नेपाल राष्ट्रमा सुशासन कायम गर्ने जिम्मे नेपाली जनताले दिएको हुँदा सोही अनुसार बालेन सरकार भ्रष्ट र अपराधीहरुको कुरा नसुनी निरन्तर अगाडि बढ्नु पर्छ । पुरानो दलहरुको रोईलो र आलोचनाहरुलाई सुनेर सरकारको नीति र कार्यक्रमलाई बोधो बनाउनु हुँदैन ।

पुरानो दलहरुले हिजो सत्तामा हुँदा मनपरी भ्रष्टाचार र अपराध गरेको हुँदा आज डराएर रोईलो गर्दै नेपाली जनतालाई बिरोधमा उत्रिन उक्साईरहेपनि उहाँहरु सफल हुने संभवना सुन्य प्राय रहेको देखिन्छ । विस्तारै पुराना दलहरु नेपाली जनताको चासोबाट टाढा भएर हराउँदै बिलाउँदै जाने निश्चित भएकोछ । नाम मात्रैको कम्युनिष्ट पार्टीहरुको बाहुल्य रहेको पुराना दलहरु भरतको पश्चिम बंगाल र केरला राज्यका भारतीय कम्युनिष्ट पार्टीहरु जस्तै इतिहास बन्नेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *