काठमाडौं । रास्वपाको सरकारले मन्त्रालयको संख्या २१ बाट घटाएर १७ वटामा सीमित गरेको छ । मन्त्रालयको संख्या घटनासँगै पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका अधिकांश निर्माणाधिन कामहरु अलपत्र परिरहेका छन् भने पहिलाको मन्त्रालयका नामहरु वेबसाइटबाट हटाइसकिएको छ । चालु आर्थिक वर्षमा निर्माणको काम ठप्प भएका छन् भने निर्माण व्यवसायीहरु पनि काम नगर्ने अवस्था पुगेका छन् । निर्माण सामग्रीको मूल्य बढेसँगै निर्माण व्यवस्थायीहरु काम नगर्ने भएका हुन् ।
तत्कालीन रकारले विकास निर्माणको लागि छुटय्याएको बजेट गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनको लागि खिचिएको थियो भने बाँकी रकम रास्वपा सरकारले १७ वटा मन्त्रालयको रङ्ग, रोगन र पुनर्संरचनामा खर्च गरेर सिध्याएको छ । रास्वपा सरकार बनेपछि प्रधानमन्त्री कार्यालय बाहेक अन्य मन्त्रालयहरु सुनसान अवस्थामा गुज्रिइरहेका छन् । मन्त्रीहरुले पनि प्रधानमन्त्री कार्यालयको आदेशबिना कुनै काम गर्न सकेका छैनन् । मन्त्रीका सचिवय कर्मचारी र पीएहरु पनि प्रधानमन्त्री कार्यालयको आदेश कुरेर चुपचाप बस्ने गरेको पाइन्छ । एकातिर यो वस्था छ भने अर्कोतिर मन्त्रालय परिसरमा खोलिएका चमेना गृहहरु सबै बन्द गरिएका छन् ।
अन्य मन्त्रालयका क्यान्टिन बन्द गरिएपछि सिंहदबारभित्रको सर्भिस सेन्टर र नेपाली कांग्रेस संसदीय दलको क्यान्टिनमा खाना र खाजा खानेहरुको भीड लाग्न थालेको छ । मन्त्रालय परिसरमा क्यान्टिन नभएपछि कर्मचारीहरुले टिफिन बट्टामा घरबाटै खाना र खाजा लिएर आउने गरेका छन् । क्यान्टिन बन्द भएको कारण खाजा र खानासमेत घरबाट बोक्नुपर्ने अवस्था भएको एक पीडित कर्मचारीले बताएका छन् । एकातिर ९ बजे नै अफिस पुग्नुपर्ने अर्कोतिर छोराछोरीलाई स्कूल पठाउन र आफूले अफिस लैजानको लागि खाना, खाजा बनाउन गाह्रो भइरहेको कर्मचारीहरु बताउँछन् ।
एकातिर तल्लो तहका कर्मचारीलाई यस्तो दुःख दिने काम भएको छ भने अर्कोतिर उच्च तहका कर्मचारीहरुलाई पनि प्रधानमन्त्रीसँग आफनो कुरा राख्दा बाटोबाटै धरपकड गर्ने काम भइरहेको छ । त्यसको उदाहरण बनेका उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्कर कर्ण । कर्णले प्रधानमन्त्री बालेन साहलाई आफ्नो विषयमा जानकारी गराउँदा पक्राउ परेका थिए । बहालवाला सचिवलाई कार्यालयबाट घर जाँदै गरेको अवस्थामा बीचबाटो बाटै विनाकारण पक्राउ गरिएको यो नेपालको पहिलो घटना हो । कर्णलाई अहिले प्रधानमन्त्री कार्यालयको फाजिलमा राखिएको छ । उमेर हदका कारण उनी फाजिलबाटै आगामी असारको तेस्रो हप्ता अवकासमा जानेछन् ।

