उधुम मच्चाउने बालेनका डायना

राजनीति समाचार

काठमाडौं । नाटक बढी गर्न हुन्न । बालेन्द्र ‘ब्रो’ले कति स्वच्छ कर्मचारी पाउँछन् । किन कि उनको दिमागमा हिजोको सरकारले कजाएका कर्मचारी सबै भ्रष्ट थिए भने अब उनले छान्ने कस्ता होलान्् । भूमिसम्बन्धी चरित्रले ऐनको कहीँ ख्याल गर्दैनन् । त्यहीँ सरकारले कहाँ कस्ले राजस्व छल्छ त्यसको निगरानी गर्नका लागि केपी ओली सरकारको पालामा भएको ३२ केजी र ६६ केजी सुन तस्करी प्रकरणका सहयात्री मात्र होइनन् भिजिट भिसा प्रकरणको प्रमाण दामोदर अधिकारीलाई कस्तो र के को छानविनमा राखेको हो अब शंका उठ्छ ।

अधिकारीको पौरख त डाबर इन्टरप्राइजेजले गरेका अवैध धन्दालाई सफल पार्न श्रकृष्ण श्रेष्ठ मार्फत रु . ७० लाख घुस लिएर शुसासनको बाटो खोलेका थिए । प्रधानमन्त्री बालेन्द्रलाई चाहिएको त्यस्तै हुन् । किन कि महानगरको कर्मचारी केशव खनाल जब प्रधानमन्त्री बालेनको सचिवालयको डायना बन्छन् भने बालेन्द्र कति दिनका प्रधानमन्त्री होलान् ? डायना बोकेर काम हुँदैन । प्रधानमन्त्री आफै महादेवको बुटी खाएपछिको अवस्था के हुन्छ । झलनाथकाकरामतले प्रधानमन्त्रीको खन्चुवा सचिवालय मा क स्तो प्रभाव पारेर जसले वागमती प्रदेश अर्थमन्त्रालयमा हुँदा पनि घुसको रुपमा जाग्गा लिएर उधुम मच्चाएका थिए । तीनैलाई च्यापेर सरकारले कसको सम्पत्ति छानविन गर्छ ? किन कि प्रधानमन्त्री आफैं डायना हुन् ।

जसले आफूबाहेक कोही ठुलो सोच्दैन हिजो केपी ओली ठूला थिए । उनले एन सेलको कर मिनाहका नाउमा कमाई गरे । शेरबहादुर प्रधानमन्त्री हुँदा पनि यो चर्चामा थियो । तर, प्रचण्ड प्रधानमन्त्री हुँदा रु १९ अर्ब तिर्न दबाब गएको २७ दिनमा त्यो सरकार असार १५ दहिचिउराले ढालेको सबैलाई थाहा छ । भ्रष्टाचारको फाइल खोल्ने भन्दा सरकार ढाल्ने डायना र संसदको सर्बेसर्वा प्रधानमन्त्री संसदमा जान नसकेको डायनाबीचमा अन्तर छैन । अब प्रधानमन्त्री बालेनको आयु कति ? रास्वपाले यस्तो डाइना श्रेष्ठ कति ? रास्वपाले यस्तो डाइना बोक्नु र हामी जान्ने र छान्ने भन्नुभएकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *