सरकारको रवैयाले सर्वसाधारण आत्मदाह गर्न वाध्य

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारले १०० दिन पार गरिसक्दा पनि गरीव तथा निमुखा भूईँ मान्छेहरुको पक्षमा कुनै कार्यक्रम ल्याउन सकेको छैन । गरिवी, बेरोजार, महंगी, अभाव र सुरक्षा निकायको कारण सर्वसाधारणले सडकमै आत्मदाह गर्न थालेका छन् । बजारमा आर्थिक चलायमान नहुँदा यातायात क्षेत्रदेखि पेशाव्यवसायसम्म चौपट हुन पुगेको छ । निर्माण व्यवसायीले काम सम्पन्न गरेको भुक्तानी नपाएसँगै बजार मूल्य बढेकै कारण काम गर्न नसकेर बजार चलायमान हुन सकेको छैन । बजार चलायमान बनाउनको लागि सरकारले कुनै योजना पनि ल्याउन सकेको छैन । उता उद्योगी व्यापारीहरुलाई धरपकड र मुद्दा लगाउन थालेपछि लगानी गर्न डराइरहेका छन् । त्यसले गर्दा बजार चलायमान हुन सकेको छैन । त्यसकै कारण आज आमभुई मान्छेहरु सडकमा भौतारिरहेका छन् । अझ सरकारले साउन १ गतेबाट लागु हुने गरी सरकारी संघसंस्थामा कार्यरत अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई हटाएर झन् बेरोजगार बढाउँदै छ ।

बजार चलायमान हुन नसक्दा मजदुरहरु काम नपाएर छटपटाइरहेका छन् । काम पाइहाले तापनि उचित पारिश्रमिक नपाउँदा दैनिक जीवन धान्न धौ–धौ परिरहेको छ । एकातिर महंगी बढेको छ भने अर्कोतिर बेरोजगारीहरुको पीडा छुट्टै छ । तर, सरकारले यस्ता विषयमा ध्यान दिएको छैन । यतिबेला देशैभरि घरजग्गाको कारोबार सून्य जस्तै छ भने करोडौं राजस्व जम्मा हुने सेयर बजार डामाडो भएको छ । त्यसले गर्दा पनि बजारमा आर्थिक चलायमान हुन सकेको छैन । म्यान पावर व्यवसायी र कन्सल टेन्सीहरुले युरोप र खाडीमुलुकहरुमा नेपाली कामदारलाई पठाउँदा बजारमा केही पैसा चलायमान हुन गरेको थियो । पछिल्लो समय सरकारले म्यानपावर र कन्सलटेन्सीहरुलाई कारबाही गर्न थालेपछि व्यवसायीहरु पनि कामै बन्द गरेर बस्न थालेका छन् । त्यसबाट आर्थिक चलायमान हुन सकेको छैन ।

एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सरकारले म्यानपावर र कन्सलटेन्सिहरुलाई कडा गरेपछि उनीहरुले नयाँ–नयाँ नक्कली डिमान्ड लेटर खडा गरेर अवैध बाटोबाट केही पैसा लिएर नेपाली कामदारलाई विदेशका विभिन्न मुलुकमा पठाउने धन्दा चलाउन थालेका छन् । यस्ता विषयमा सरकारले ध्यान नदिएर गरीव तथा निमुखा जनतालाई झन् समस्यामा पार्ने गरेको छ । सरकार भने सर्वसाधारणको समस्यामा ध्यान नदिएर सस्तो लोकप्रियताको लागि विभिन्न फन्डा ल्याई जनतालाई झुक्याउने गरिरहेको छ । सर्वसाधारण जनतालाई नयाँ रोजगारी सिर्जना गर्न सकेको छैन भने अर्थतन्त्रलाई चलायमान बनाउन पनि सकेको छैन । अर्थतन्त्र चलायमान नभएकै कारण व्यापार, व्यवसायमा सून्यता छाएको छ । व्यापार व्यावसाय गरेर राजश्व तिर्नेहरुलाई विभिन्न समस्या ल्याएर अलमल्याउने काम भइरहेको छ । त्यसले गर्दा सरकार बनेको तीन महिनामै सबैतिरबाट आलोचित हुँदै गएको छ । लोकतन्त्रको हवाला दिँदै दिनप्रतिदिन अलोकतान्त्रिक काम गर्न सरकार तल्लीन भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *