काठमाडौं । आफ्नो अनुकुलमा पार्टी चलाउने र अनुकूलत समयमा महाधिवेशन गरेर पार्टी सत्ता गर्ने कांग्रेसको अप्रजातान्त्रिक रोग औलोको महाभारी झैं फैलिँदै छ । विशेष महाधिवेशन विरोधी टोलीले चुनदेवीमा सम्पर्क कार्यलय खोलेर जिभाजनको ढोका खोलको छ । कार्यवाहक सभापति पूर्णवहादुर खड्का १११ जनालाई केन्द्रीय समितिमा प्रवेश गराउनुपर्ने, क्रियाशील सदस्यता अध्यावधि नगर्ने जस्ता काइते प्रस्तावमा रमाएका बेला विपी जयन्ती छुट्टै मनाउन राष्ट्रिवा कार्यकर्ता मेला गरेर विवादबाट बच्ने सोचला छन् । यो समूहमा सधै फाइदाको प्रयोग गर्ने डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाश शरण महत, प्रकाशमान सिंह, कृष्णप्रसा सिटौला, एनपी साउद, जीतजंग बस्नेत, किशोरसिंह राठोर, उमाकान्त चौधरी, विजयकुमार गच्छदार, मीनबहशादुर विश्वकर्मा, ज्ञानेन्द्र बहादुर कार्की, मोहनबहादुर बस्नेतलगायत हुन् ।
हिजो अनुशासन समितिमा बसेर विपक्षीमाथि दमन गर्ने आनन्द ढुंगाना त्यही छन् । चुनावमा अन्तर्घात गर्नेमाथि कारबाही जारी छ । सत्ताका लागि कहिले एमाले र कहिले माओवादीसँग मिल्ने टोली आज १५ औं महाधिवेशनको काउसो बन्दै छ । महाधिवेशनको मिति सर्न सक्छ । तर, सदस्यता अध्यावधिक गर्नैपर्छ । सभापतिको अडानले कांग्रेसमा झन् चाकडी गरेर पद लिने र चाप्लुसीको भरमा पार्टीमा हैकम जमाउने ठाउँ नराख्ने भन्दा प्रजातन्त्रको नारामा रमाउनेहरु आतंंकित बन्नै पर्दैन । विधानको व्यवस्था गर्ने कामलाई पंचाउन नसक्ने यो जमातभित्र युवाहरूको उपस्थिति न्यून छ । जति छन् ती बदनामी मात्र छन् । अवको काँग्रेस दाशत्वमुक्त बन्छ भन्ने हो । त्यसले नयाँ वाटो लिनुपर्छ । स्वार्थको खेल खेल्ने स्थिति छैन । पुराना दलहरुलाई जनताले राम्रै सजाए दिएका छन् । अबको समय शेरबहशादुरहरुको होइन, युवा प्रतिस्पर्धाको हो । शेरबहादुरलाई देखाएर सधैं कमाउधन्दा चलाउनेहरु आ–आफ्नो जिल्लातिर लागे हुन्छ । युवाहरुको विरोधमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुले अखडा बनाउनु उचित देखिँदैन ।

