अनन्त बहादुर गुरुङ
२०८३ साल श्रावण२७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
प्रधानमंत्री बालेनले ढिलो होला तर गलत हुन दिन्न भनी आफ्ना सबै समर्थकहरुलाई आस्वास्थ पारेकाछन । यहि सन्दर्भ राष्ट्रिय स्वतंत्र पार्टीको अध्यक्ष रबि लामिछानेले पनि बालेन सरकारले यदि बाटो बिराएको खन्डमा सरकारको कान समाएर सहीबाटोमा ल्याउने काम पार्टीले गर्ने कुरा बताएकाछन । अहिले सम्म बालेन सरकारको कामहरुलाई नेपाली जनताले राम्रो मानेकाछन । बर्षौ देखि घाटामा चलेका सरकारी संस्थानहरु र उद्योगहरुले नाफा कमाउन थालेकाछन । उद्योगहरु र संस्थानहरुले नाफा कमाउनको साथ साथ ऋण पनि चुक्ता गर्दै लगेकाछन । यस्तो चमत्कार कसरी भयो किनकि संस्थानहरु र उद्योगहरुमा बालेन सरकारले नेतृत्व बदलेका छैनन् ।
पुरानै व्यवस्थापनलाई इमान्दार पूर्वक काम गर्नको लागि प्रेरित मात्रै गर्दै आएकाछन । अहिले उद्योगहरु र संस्थानहरु माथि मंत्रीको मान्छेहरुलाई जागिर खुवाउने दबाब छैन । पहिले देखि चलीरहेका ट्रेड युनियनलाई मात्रै बालेन सरकारले खारेज गर्ने दृढता देखाएकाछन । तर सरकारको यस्तो दृढतालाई पुरानो दलहरुको उक्साईमा अदालतबाट चुनौती आएको छ । पुरानो दलहरु बिकास बिरोधी भएको हुँदा नेपालको औद्योगिक बिकासलाई बन्द गर्दै लगेर लिलाम गरी बेच्दै निजीकरण गर्ने नीति लिएकाथिए । फलस्वरुप नेपाल राष्ट्रको प्रख्यात केही उद्योहरुको अहिले नाम निशाना नै छैन । चीन सरकारले बनाई दिएको बाँसबारी छालाजुत्ता कारखानालाई पुरानो दलहरुले निजीकरण गरी नाम निशाना नै मेटाई दिएकाछन । अहिले उक्त कारखानाको महत्वपूर्ण मेसिनहरु कता पुग्यो भन्ने कुराको कुनै अत्तोपत्तो नै छन । उक्त कंपनीको घर जग्गा भने चौधरी ग्रुपका नेपाली काँग्रेसको नेता विनोद चौधरीले निजी बनाएको चाल पाएपछि त्यसलाई पुनस् नेपाल सरकारकै नाममा ल्याउने कानुनी कार्यबाही अगाडि बढेको छ । चीन सरकार कै अनुदान सहायतामा बनेको चितवनको भृकुटी कागज कारखानाको पनि हालत उस्तै छ ।
पुराना दलहरु सित साठगाँठ गरी लिलाम सकारेका माडवाडी व्यावसायीले उक्त कारखानालाई चलाउनको साटो महंगोमा कंपनीको जंगाहरु बेची पैसा कमाउने उद्देस्यले लिलाम सकारके थिए । फलस्वरुप उसले अहिले सम्म कारखाना नचलाएर जग्गा बेच्ने अनुमतिको लागि पुराना दलहरुलाई फकाउँदै बसेकाथिए । बल्ल पुरानो दलहरुको युग सकिएको र बालेन युग सुरु भएको हुँदा नेपाली जनता ढुक्क भएकाछन । सर्बोच्च अदालत वा अन्य अदालतहरुले बालेन सरकारको काममा बाँधा हालेर कामलाई ढिलो पार्न सके पनि बालेन सरकारले गलत काम हुनबाट रोकेर नै छाड्ने दृढता देखाएपछि नेपाली जनता निर्धक्क भएकाछन । सरकारी नियमावलीहरु र कानुनहरु स्वार्थ समूहको दबाबमा परि १० चोटी बदलेर भएपनि स्वार्थ समूहको हित गर्ने पुरानो दलहरुको वर्चश्व नेपालको राजनीतिबाट समाप्त भईसकेकोछ ।बालेन सरकार स्वार्थ समूहका व्यापारीहरु र व्यवसायीहरुको दबाबमा कहिले पनि पर्दैन यदि परिहाल्यो भने पनि बालेन सरकारको कान समाउनको लगि राष्ट्रिय स्वतंत्र पार्टीको अध्यक्ष रबि लामिछाने तयारीमा बसेकाछन । १२ भाई स्वार्थ समूहले बनाएको बिभिन्न दबाब समूहहरुको दबाबमा परी नीति नै बदल्ने गरी विधेयक ल्याउने ओली(देउवा सरकार इतिहास कै सबै भन्दा धेरै कलंकित नेपाल सरकार हो ।
यहि सरकारले आफ्नो आशेपासेलाई परियोजनाहरुको ठेकाहरु दिनको लागि खरिद ऐन र नियमवलीलाई एकै महिनामा १० चोटी संसोधन गरी रिकर्ड नै बनाएका थिए ।यस्ता अपराधी ओली(देउवा सरकारले नेपालमा बिकास गरी नेपाल राष्ट्रलाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने देखावटी नारा सार्वजनिक गर्दै आएका थिए ।उखाने र गुखाने मिलेर नेपाल राष्ट्र र नेपाली जनतालाई के कती लुट्यो त्यसको हिसाब किताप नै छैन । बालेन सरकार सत्तामा आएपछि पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको लुट कम भएपनि बन्द नै भईसकेको छैन । ३६ बर्ष सम्म सत्तामा बसेर तयार पारेको पुरानो दलहरुको लुटको पृष्टभूमिलाई अझ पनि बालेन सरकारले निस्सक्रिय तुल्याउन सकीरहेको छैन । पुरानो दलहरुको देखाउने र चपाउने दाँत हात्तीको जस्तै फरक भएकाले सर्बोच्च अदालत वा सोभन्दा मुनीका अदालतहरुले खोजेको जस्तो सबुतहरु जुटाउन धेरै नै कठिन छ । यो हुँदा पुरानो दलका अपराधीहरुलाई बालेन सरकारले पहिचान गरी अदालतको कठघरा सम्म पुर्याएको भएपनि अदालतले खोजेको जस्तो सबुत जुटाउन नसक्दा अपराधका आरोपीहरु फटाफट छुट्दै आएकाछन ।
बालेन सरकारले सहकारीको समस्याहरु एक पछि अर्को गरी सम्हाल्दै लगेकाछन । त्यसैगरी सुकुम्बासीहरुलाई पनि फटाफट लालपूर्जा दिएर घरजग्गाको धनी बनाउँदै लगेकाछन । जुन काम पुरानो दलहरुले ३६ बर्ष लगाएर पनि गरेको थिएन सोही कामलाई बालेन सरकारले ४ महिनामा नै गरी देखाएकाछन । पुरानो दलहरु अहिले के दाबी गर्दैछन भने उहाँहरुले दिन ठिक्क पारेको लालपूर्जा अहिले बालेन सरकारले वितरण गरेको हो । यस्तो नचाहिने हावा कुरा गरी पुराना दलहरुलाई झन बदनाम तुल्याउनको लागि केहि तत्वहरु उक्त पुराना दलहरु भित्र सक्रिय भएकाछन । पहिले सुकुम्बासीहरुलाई लालपूर्ज दिनुहुन्न भनी रोक्नेहरु नै अहिले यस्तो गोलचक्कर कुरा गर्दै हिडेकाछन । बालेन सरकारले दशकौं बन्द भएर बसेका उद्योगहरु चलाएर देखाएकाछन । सोकुरा पुराना दलका नेताहरुको लागि हजम नभएको हुँदा अब उत्पादन हुने कपडाको गुणस्तरको कुरा गर्दैछन । पुरानो जमानाको मेसिनबाट बुनेको कपडा आधुनिक युग सुहाउँदो नहुने भन्दैछन ।
यस्तो कुतर्कमा उत्रिएका पुराना दलका नेताहरुलाई सम्झाउन कसैले पनि सक्दैन । सबै नेपाली जनता नेपालमा बुनेको कपडा लाउन तयार छन भने भ्रष्ट पुरानो दलका नेताहरुले आफ्नो टाउको धेरै टुखाई राख्न जरुरी छैन । यसै पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको माग पुरा गर्नको लागि पनि कारखाना दिनरात चलाउनु पर्नेहुन्छ । बाँसबारी छालाजुत्ता कारखाना पुरानो दलहरुले बेचेर नखाएको भए नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको बुटहरु पनि बालेन सरकारले नेपालमा नै बनाउने प्रयास गरी देखाउने थिए । नेपालको औद्योगिक बिकास गर्न नदिने पुरानो दलहरु नै हुन । सक्रिय राजतंत्र र पञ्चायत कालमा स्थापना गरिएका सबै उद्योगहरु बन्द गरी नेपालको औद्योगिक बिकासको जग भत्काउने पुराना दलहरु नै हुन । भत्काई सकेपछि त्यसलाई बनाउन सक्ने ढंग पुरानो दलहरु सित छैन । त्यसैले भताभुंगे राजाको पारा पुरानो दलहरुले नेपालमा ल्याउनको लागि कुनै कसर बाँकी राख्नवाट कहिले पनि चुकेन । चोरलाई चौतारो र साधुलाई सुली चढाउने काममा पुरानो दलहरु समान पारंगत अरु कोही पनि छैनन् । पुरानो दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको ठुलो बिनास गरी सकेकाछन ।
बालेन सरकारलाई पुरानो दलहरुले बिगारेको नेपाल राष्ट्रलाई सम्हाल्न हम्मे परीरहेकोछ । पुरानो दलहरुले बिकासको बाहानामा धेरै बिदेशी ऋणहरु राष्ट्रको नाममा लिएर भ्रष्टाचार गरी खाएको हुँदा नेपाल राष्ट्र र नेपाली जनता यतिबेला ऋणमा डुबेको छ । उक्त अवस्थाबाट नेपाल राष्ट्र र नेपाली जनतालाई उकास्नको निम्ति बालेन सरकारले न्वारान देखिको बल झिकेर प्रयास गर्दैछन तर सफल हुनको लागि समय लाग्नेछ । त्यहि भएको हुनाले बालेन सरकारले ढिलो भएपनि गल्त हुने छैन भनि नेपाली जनतालाई आस्वास्थ पार्दैछन । नेपाली जनताको लागि यो धेरै मुस्किलको समय छ किनकि पुरानो दलहरुले यो त्यो बाहानामा बालेन सरकारलाई राम्रो काम गर्नबाट रोकी राखेकाछन । आफु पनि राम्रो काम नगर्ने र अरुलाई पनि राम्रो काम गर्न नदिने रोगबाट पुरानोदलहरु ग्रसित छन ।
स्थानिय चुनाव जित्नको लागि पुरानो दलहरुले बालेन सरकारलाई फटाफट काम गर्नवाट रोकी राखेकाछन । बालेन सरकारले राम्रो काम गरी देखाउन सकेन भने नेपाली जनताले राष्ट्रिय स्वतंत्र पार्टीलाई भोट हाल्दैन भन्ने पुरानो दलहरुले ठानेकाछन । तर गत आम चुनावमा घण्टीमा भोट हालेकाहरुले स्थानिय चुनावमा पनि घण्टीमा नै भोट हाल्ने कुरामा सवै विश्वास्थ रहेकाछन । बालेन सरकारलाई पुरानो दलहरुले काम गर्न दिईराखेको छैन भन्ने कुरा नेपाली जनताले बुझेको हुँदा फेरि पनि घण्टीमा नै भोट जाने कुरा निश्चित नै छ ।पुरानो दलहरुको लागि सबै भन्दा राम्रो चुप लागेर बस्नुमा नै हुन्छ । बालेन सरकारलाई भरे ढाल्ने भोली ढाल्ने कुरा गर्नु उहाँहरुको लागि सुहाउने कुरा होईन । चुनाव हारेको स्वीकार गर्न नसक्ने पुरानो दलहरु लोकतंत्र कै बिरोधी हुन किनकि ५ बर्षको लागि चुनाव जितेको राष्ट्रिय स्वतंत्र पार्टीलाई यसरी धम्काउनु पनि गैरकानुनी नै हो । पुरानो दलहरुले सत्तामा बसेर गरेका भ्रष्टाचारका डोबहरु मेटिएका छैनन् । त्यहि डोबलाई पहिलाउँदै एकदिन भ्रष्टाचारी पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई समाउन बालेन सरकार सफल हुनेछ । यसै पनि कानुनको हात लामो हुने भएकाले भ्रष्टाचारीहरु र अपराधीहरु सम्म पुग्ने र ढिलो हुँदैमा उम्किन नसक्ने प्रत्याभूति बालेन सरकारका प्रधानमंत्री बालेनले दिएकाछन । तसर्थ ढिलो भएपनि पुरानो दलका भ्रष्टहरु र अपराधीहरुलाई बालेन सरकारले समाएर छाड्ने र नेपाली जनतालाई न्याय दिने अठोट देखाएकाछन ।

