काठमाडौं । सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले देशको स्थिति अनुसार संगठनले दिएको जिम्मेवारी जहाँ खटाइयो त्यहाँ जान मातहतका अधिकृतहरुलाई दिएको निर्देशन उनकै प्रशासनका एसपी सन्तोष सिंहले पालना गरेका छैनन् । आईजीपी कसैमाथि अन्याय गरिने छैन भनिरहँदा एसपी सन्तोष बहादुर सिंह घुस लिएर सरुवाको फाइल सदर गर्ने भएपछि आईजीपीले पिलाउन खोजेको आदर्शको बोतलमा विष छ कि अमृत भन्ने प्रश्न उठ्छ । आईजीपीले प्रवक्ता पनि ठिक राखेका छैनन् । उनी आफै जिम्बु र बाबरी टोली भएकाले टीम बनाउन क्ने हैसियतका होइनन् । जो आफै असक्षम छ, उसले क्षमतावान र विवादरहीत सारथी पाउँदैन ।
सशस्त्रमा चिठ्ठा परेका आईजीपी तिनै हुन्, जसको पछाडिको राजनीतिक शक्ति क्षयीकरण भएको छ । डिएसपीहरुको सरुवाको फाइल सदर गरेको आदर्शवादी आईजीपीले कसैलाई कतै छोड्नै नपर्ने, कसैलाई अस्पतालको लेखामा सरुवा गरे पनि अर्कैले ठाउँ कब्जा गर्न पाउने नियम बनाएपछि त्यही हो आईजीपीले संगठनले जहाँ भन्छ त्यहाँ जाउ भन्दै अधिकृतहरुलाई दिएको निर्देशनको पालना ? प्रश्न उठेकै छ । कुण्ड–कुण्ड पानी मुण्ड–मुण्ड बुद्धि भनेको यहीँ हो । सरकार जस्तो छ फौजी पनि त्यस्तै हुनुपर्छ । सशस्त्र त्यस्तै बन्दै गएको छ । किन कि प्रशासनका एसपीसिंह एउटै पदका हाकिमको बारम्बार सरुवा गर्दा बाराबाट फर्केर बलम्बुमा घर किन्दाको रौनक चम्काउने अभियानमा छन् ।

