राष्ट्र बैंक निकम्मा बन्दा निजी बैंकहरु धरासायी बन्दै

अर्थ/वाणिज्य प्रमुख विविध समाचार

काठमाडौं । नेपालमा २०७२ यता प्राकृतिक प्रकोपको पटक–पटकको आक्रमणले गर्दा अर्थतन्त्र डामाडोल बन्दै गएको छ । प्राकृतिक प्रकोपले थिलथिलो बनाएको अर्थतन्त्रलाई विभिन्न आन्दोलनहरुले सरकारी र निजी संरचना ध्वस्त बनाउँदा झन् कमजोर बनाउँदै लगेको थियो । २०७२ को भूकम्प, २०७६ को कोरोनाम र २०८२ जेनजी आन्दोलनले तहसनहस बनाएको नेपाललाई फेरि २०८३ भदौ १० को बाढीले सखाप बनाएको छ । त्यसले गर्दा नेपालको अर्थतन्त्र झन् चौपट भएको छ । नेपालको अर्थतन्त्र चौपट भएपछि विकास निर्माणका काम गर्नको लागि समस्या पर्दै गएको छ । त्यसले गर्दा विदेशी दाताहरुसँग भिख माग्नुपर्ने वाध्यता भएको छ । नेपालको अर्थतन्त्र कमजोर बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरु पनि धरासायी बन्दै गएका छन् । ठूला भनिएका बैंकहरु मर्जर गरेर देशको पूर्वाधार विकासलाई ऋण दिन र उद्योगी व्यापारीहरु पनि ऋण प्रवाह गर्ने लक्ष्य राखेर बैंकहरुले ऋण लगानी गर्ने गरेका थिए । प्राकृतिक प्रकोपले नेपालका हरेक क्षेत्र प्रावित भएपछि बैंकहरुले लगानी गरेको ऋण उठाउन सकेका छैनन् ।
व्यापारी र उद्योगीहरुले पनि व्यवसाय नभएकै कारण बैंकको ऋण समयमा तिर्न नसक्दा बैंकले गरेका लगानीहरु जोखिममा पर्दै गएका छन् । जेनजी आन्दोलनपछि त झन् उद्योगी, व्यवसायीहरु लगानी गर्न डराइरहेका छन् । सुरक्षाकै कारण उद्योगीहरु लगानी गर्न डराइरहेका हु्न् । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका विभिन्न उद्योग, होटेल, डिपार्टमेन्ट स्टोर, बैंक तथा वित्तीय संस्थाहरुमाथि आगजनी भएका कारण उद्योगीहरु नेपालमा लगानी गर्न डराइरहेका छन् । नेपालमा उद्योगधन्दामा लगानी नहुँदा बैंकहरुमा पैसा थुप्रियर बस्ने गरेका छन् । बिना लगानी बैंकमा पैसा बस्नुले बैंकहरुलाई पनि घाटा भइरहेको छ ।
निजी क्षेत्रबाट सञ्चालित ठूला भनिएका वाणिज्य बैंकहरु प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, एनआईसी एसियालगायतका बैंकहरु धरापमा परिरहेका छन् । खराब कर्जाकै कारण बैंकहरु धरासायी बन्दै गएका छन् । यी बैंकहरु धरापमा पर्नु भनेको नेपालको अर्थतन्त्र कमजोर हुनु हो । अर्थतन्त्र कमजोर भएपछि व्यापार व्यवसायदेखि सर्वसाधारणको निक्षेपसमेत गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ । तर, नेपाल राष्ट्रय बैंकले घाटामा गएका बैंकहरुको अनुगमन गरी उनीहरुको अवस्था र क्षमतालाई हेरी पुँजी वृद्धि गर्ने र आफ्नो नियन्त्रणमा लिने काम गर्न सकेको छैन । राष्ट्र बैंकको कमीकमजोरीकै कारण माथि उल्लेखित बैंकहरु धरापमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *