काठमाडौं । माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चल्न चर्पटाउन नसकेको स्थितिमा पुगेका छन् । छोरीलाई स्वकिय सचिव राखेर बटुल्न सकेजति बटुलेपछि गोविन्द आचार्यलाई स्वकिय सचिव बनाएका प्रचण्डलाई सल्लाह दिने, सघाउने कृष्ण बहादुर महराले राजनीति त्यागेपछि आफैले धारे हात लगाउनुपर्ने अवस्था आएको छ ।
एमालेसँग गठबन्धनमा प्रचण्डले कोशीमा ज्वाइ जीवन आचार्यलाई दोस्रो पटक मन्त्री बनाउन हुँदैनथ्यो । त्यहाँ माधव पक्षलाई सरकारको नेतृउत्व गर्न दिनुपथ्र्यो । लुम्बिनीमा माधव पक्षका एक जना र नाउपाबाट आएका चारजना मध्यबाट २ जनालाई मन्त्री दिनुपथ्र्यो । जनयुद्धका जिउँदा सहिद रोल्पका २ हात गुमाएका, कान गुमाएका सुरेन्द्र सिंहलाई मन्त्री दिनु जति उचित थियो । तर त्यहाँ नाउपाबाट आएकालाई एक मन्त्री दिनुपथ्र्यो । माधव पक्षलाई त्यसको क्षतिपूर्ति सुदुरपश्चिममा दिए पुग्थ्यो । माधव पक्षको कोशी, बागमती र सुदुरुपश्चिममा सांसद छन् । गण्डकीमा सून्य छ । लुम्बिनीमा १ र कर्णालीमा ३ जना सांसद छन् । सांसद नै नभएको ठाउँमा मन्त्री खोजेर माधव पषले पाउँदैनथ्यो । तर संयोजक अत्यन्त परिवारवादीका रुपमा खडा भएको प्रमाण हो यो ।
कम्युनिस्ट पार्टीमा गुटबन्दी गर्ने, गुटकै मान्छेप्रति विस्वास नगर्ने स्थिति सिर्जना हुँदैछ । पार्टीका नेता नै सत्ता र कुर्सी बिना टिक्नै नसक्ने भएका छन् । केपी ओली र प्रचण्डको सत्ता प्रेमले आफ्नै विस्वासपात्रको धारे हात सहनुपर्ने अवस्था छ ।

