काठमाडौं । संघिय मन्त्रालयले ३० वर्षीय सेवा अवधि र ५५ वर्षको उमेर हदको ऐन संसदमा दर्ता गरेपछि कर्मचारीहरुको राजिनामा दिने लर्काे बढिरहेको छ । त्यसैगरी भूमि सहकारी तथा संघिय मन्त्रालयले कर्मचारी सरुवा गर्दा मनपरी गरेको, आफ्ना आसेपासेलाई संघिय मन्त्रालयअन्तर्गतका कार्यालयमा सरुवा गरिएको, दननिकट कर्मचारीहरुलाई रुकुम रोल्पा र पहाडी इलाकामा सरुवा गरिएको विरोध भइरहँदा भूमि तथा अभिलेख विभागले सयौँ कर्मचारीहरु मालद्धार भूमि कार्यालयमा सरुवा गरेर करौंडौं असुली गरिरहेको छ । केहि दिन अगाडी संघिय मन्त्रालयका स्वकीय सचिव भीम बुढा, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल, निर्देशक होम बहादुर थापा, शाखा अधिकृत प्रकाश श्रेष्ठको योजना अनुसार मालद्धार भूमि कार्यालयमा कर्मचारी सरुवा गर्दा लाखौं असुली धन्दा चलाएको समाचार गत हप्ता तामाकोशी सन्देशले प्रकाशित गरेको थियो । समाचार प्रकाशित गरेको हप्ता दिन नपुग्दै भूमि तथा अभिलेख विभागले ठुलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।
कर्मचारी सरुवा गर्दा भूगोल कार्यालय हेरी आम्दानी हुने अड््डा र आम्दानी नहुने अड्डा छुट्याएर कर्मचारी सरुवा गरिएको छ । कर्मचारी सरुवामा सहसचिवदेखि उपसचिव, शाखा अधिकृत, नासु, खरिदार र कार्यालय सहयोगीहरु समेत सरुवामा परेका छन् । भुमि तथा अभिलेख विभागले ६÷१५ को निर्यणानुसार २२७ जना नायब सुब्बा हरु सरुवा गरिएको छ । त्यसैगरी शाखा अधिकृतमा १४ जना सरुवा गरिएको छ भने त्यस्र्तै, भूमि प्रशासनमा प्रमुखमा ३५ जना लाई मालद्धार भूमि कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै चाडबाड नजिकिएसँगै कर्मचारी सरुवा गरेर आर्थिक लाभ लिएको बुझिन्छ । त्यसमा पनि खरिदार नासु, शाखा अधिकृत र कार्यालय प्रमुखहरु सरुवा गर्दा ठाउँ हेरी दर रेट तोकिएर सरुवा गरिएको छ । सो सरुवामा करिब करौंडौंको खेल भएको कर्मचारीहरुको गुनसो रहेको छ ।
वुनु राई, भूमि प्रशासन कार्यालय, भोजपुर, किरण कुमार भूमि ,के.सी. प्रशासन कार्यालय, कलंकी, राजु दाहाल काठमाण्डौ भूमि प्रशासन कार्यालय, दुर्गा प्रसाद खनाल भक्तपुर भूमि प्रशासन कार्यालयमझगवा, बसन्त कार्की रूपन्देही भूमि प्रशासन कार्यालय,धनिश्वर पौडेल पर्सा भूमि प्रशासन कार्यालय, नविन कुमार गोले बुटवल, रूपन्देही भूमि प्रशासन कार्यालय लगनखेल, गोविन्द सुनार मोहन सुब्बा ललितपुर भूमि प्रशासन कार्यालय,बालकुमार कुलुङ लिलाधर अवस्थी पाल्पा भूमि प्रशासन कार्यालय, प्रकाश श्रेष्ठ तेहथुम भूमि प्रशासन कार्यालय. जनक बहादुर हमाल ओखलढुंगा भूमि प्रशासन कार्यालय, विजय सापकोटा धनगढी कैलाली भूमि प्रशासन कार्यालय, रमेश गुरागाई हरिकृष्ण भण्डारी गौरीकान्त महराष्ट्रतानसेन,किरण कुमार के.सी. दैलेख भूमि प्रशासन कार्यालय, राजु दाहाल नुवाकोट भूमि प्रशासन कार्यालय, दुर्गा प्रसाद खनाल काभ्रेपलान्चोक भूमि प्रशासन कार्यालय, बसन्त कार्की , डिल्लीबजार, काठमाण्डौ भूमि प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने १४९ जना खरिदार सरुवा गरिएको छ । देशैभरिका भूमि कार्यालयका कर्मचारीहरु अदल बदल गर्दा करौडौंको लेनदेन ,भएको स्रोतले उल्लेख गरेको छ ।

