काठमाडौं । देश जलाउने समूहका रुपमा रास्वपाको बालेन पक्षले चलाएको फौजदारी हल्लाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पद जाने सम्भावना बढेर गएको छ । प्रहरी आईजीपी दानबहादुर कार्कीलाई बर्खास्त गर्न सरकारलाई प्रमाणित गर्न निहु चाहिन्छ । तर बालेन पथ वामदेव गौतमले प्रहरीमा अच्यूत कृष्ण खरेलको आईजीपी पद खोसेर ध्रुव बहादुर प्रधानलाई आईजीपी बनाए जस्तो सहज नभएको ख्याल गर्नु पर्छ ।
आफै एडिबीका सहयोगी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सपनामा त्यो पद पाउँछु भन्ने थिएन । त्यही कारण वाग्लेले सार्वजनिक गरेको २०८३/०८४को बजेट प्रतुतीमा नरम देखाएका थिए । प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले पनि भारतीय जमिन मिचेको देख्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए भने डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोड्ने युग समाप्त भएको घोषणा गरेर नेपालको हीत विपरीत बोलेका थिए ।
डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिले गर्दा नेपाली जनताको मन गिरेको छ । वाग्लेले बजेट प्रस्तुत गर्दा पनि राजश्ज छल्ने र जनता मार्ने काम गरेका थिए । वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवाद आज छैन भनेको कुराले राजनीति भित्र तरंग मच्चिएको छ । प्रधानमन्त्रीले नेपालले पनि भारतीय सीमा मिचेको बताए र भारत भक्ति देखाए । तर त्यो पत्यार लाग्दो भएन । किनकी सुस्ता, माने भन्ज्याङ्ग, लिम्पियाधुरा जस्ता विवादीत ठाउँको जमिन दुई देशका प्राविधिक टोलीले अध्ययन गरी विवाद टुङ्गोमा पु¥याउने निर्णय भारतीय प्रम र नेपालका प्रम बीचको वार्ता बीचको सहमति पछि काम कति भोे स्पष्ट छैन । तर ओली प्रम हुँदा गठन भएको विज्ञ समुहको प्रतिवेदन भारतले बुझ्न मानेको छैन । त्यति बेला निलम्बर आचार्यले भारतको राजदूतको जिम्मेवारी पूरा गरी फर्केका थिए । डा. भेष बहादुर थापा, डा. राजन भट्टराई नेपालमै छन् । प्रम बालेनको अपरिपक्तिा र डा. स्वर्णिमको सीमा सम्बन्धी ज्ञानको सून्यताले रास्वपा भित्र नेपालको परराष्ट्र सम्बन्धी ज्ञान सून्य भएको छ ।

