वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

अर्थ/वाणिज्य कर्पोरेट प्रमुख बैंक वाग्मती प्रदेश

बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचाररप्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ ।

१५० जनाभन्दा बढीको सहभागीता सहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँुदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल ¥यालीको आयोजना गरेको छ ।

र्याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखेका थिए ।

सोही अबसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका छन् ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु नगरपालिकाका मेयर श्री उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *