शाश्वत प्राकृतिक नेपाल–भारत सम्बन्ध

लेख

नेपाल र भारत अहिले दुई फरक मुलुक भए पनि सत्य, द्वापर, त्रेता युगमा त्यस्तो थिएन । हिमालय पर्वतभन्दा दक्षिणको भेगलाई भारतवर्ष भन्ने गरिएको थियो । नेपाल र भारतको बीचमा जुन सिमाना अहिले कायम रहेको छ त्यो मानव निर्मित हो । विभिन्न युगमा भारतवर्षमा शासन गर्ने राजाहरू र राज्यहरू अनेक भएको धर्मग्रन्थहरूबाट जानकारी पाइन्छ । हिन्दू धर्मका पण्डितहरूले वेद, पुराणमा लखिएका यस्ता यथार्थहरूलाई बेला–बेलामा धार्मिक यज्ञहरूको माध्यमबाट प्रकाशित पार्दै आएका छन् । युगौँदेखि नै धार्मिक र राजनीतिक सिमानाहरू फरक भएको पनि देखिन्छ । धर्मको लागि कुनै सिमाना थिएन । हिन्दू धर्म जताततै व्यप्त थियो । राज्यको सिमाना केवल राजनीति र अधिकार क्षेत्र कायम गर्नको लागि मात्रै कोरिएका थिए । हिन्दू धर्म भनेको विशाल ज्ञानै–ज्ञानको भण्डार हो जुन ऋषीमुनी, महात्मा ज्ञानीहरूले सत्य युगदेखि गरेको त्याग रर मेहनतले तयार भएको हो । यस युगमा भएका मानिसहरूले हिन्दू धर्मका सबै ज्ञानहरू कहिले पनि सबै ग्रहण गर्न सक्दैन । हिन्दू धर्ममा भएको विशाल ज्ञानको भण्डारबाट केही ज्ञान मात्रै ग्रहण गर्नको लागि पनि मानिसको एक जन्मले मात्रै पुग्दैन अनेक जन्म लिनु पर्ने हुन्छ अनि मात्र केही दिव्य ज्ञान हाँसिल गर्न सकिन्छ । हिन्दू धर्ममा जति ज्ञान अरु धर्ममा छैन, त्यसैले हिन्दू धर्म जटिल देखिन्छ भने अरु धर्म खासगरी भन्नुपर्दा इसाई र इस्लाम धर्महरू सरल देखिन्छ । त्यसैले मानिसहरू त्यता चाँडै आकर्षित पनि हुने गरेका छन् । हिन्दू धर्मको रक्षा र पालन स्वयं भगवान् नारायणले गर्नुहुन्छ भन्ने कुरा वेद, पुराणमा उल्लेख गरिएको पाइन्छ । हिन्दू धर्मको रक्षाको निमित्त उनै भगवान् नारायण यो संसारमा बारम्बार जन्म लिने गरेको कुरा पनि धर्मग्रन्थमा वर्णन गरिएका छन् । यस्तो भगवान्को जन्मलाई अवतार भनिन्छ र अहिलेसम्म दश अवतार भइसकेको छ । सबैभन्दा पछिल्लो नारायण भगवान्को त्यस्तो अवतार कृष्ण भगवान् नै हो । उहाँभन्दा ठूलो क्रान्तिकारी, समानुपातिक र समावेशी यो संसारमा अरु कोही जन्मिएको छैन । नारायण भगवान्को दशौं अवतार कृष्ण भगवान्ले जाति–पाती, ठूलो–सानो, महिला–पुरुष, धनी–गरिब आदि सबै भेदभावको निर्मूल गर्नु÷गराउनु भएको थियो । संसारको संहारकर्ता भगवान् शंकरलाई मानिन्छ । भगवान् शंकरभन्दा ठूलो त्यागी पूरै ब्रम्हाण्डमा अरु कोही छैन । उहाँ त्यागी भएकै हुनाले सबैभन्दा शक्तिसाली पनि हुनुहुन्छ । उहाँभन्दा ठूलो सर्वहारा यो संसारमा अरु कोही छैन । मानव सृृष्टीको रचियता भगवान् परमब्रह्मालाई मनिन्छ । उहाँ परमज्ञानी र ठूलो अध्ययन, अनुसन्धानकर्ता भएको हिन्दू धर्म ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । परमब्रह्माको अध्ययन अनुसन्धान गर्ने काममा ज्ञानकी देवी सरस्वती माताले हरहमेसा सघाउने गरेकी कुरा वेद, पुराणहरूमा उल्लेख गरिएका छन् । श्री कृष्ण भगवान् पछाडिको अवतार कल्की अवतार हुने भनिएता पनि अहिलेसम्म हिन्दूहरूले भगवान् कृष्णलाई नै सबैभन्दा पछिल्लो अवतार मानी पूज्दै आएका छन् । नेपालको सबैभन्दा ठूलो सर्वहारा महाकवी लक्ष्मीप्रसाद देवकोटा हुन् भने उहाँले आफ्नो अन्तिम क्षणमा यसो भन्नु भएको थियो, ‘अखिर श्रीकृष्ण रहेछ एक नभो धर्म नभो विवेक ।’ नेपाली जनता सबै ज्ञानी छैनन् त्यसैले आफैंभित्र रहेको आफ्नै आत्मारुपी भगवान्लाई पहिचान गर्न सक्दैन र सत्यको खोजीमा जताततै भौतारिएर हिँडिरहेका हुन्छन् । तिनीहरूको लागि पनि महाकवी देवकाटाले यात्री शीर्षकमा सरल र बुझ्ने एक कविता लेखी सम्झाएर मार्ग दर्शन गरेका थिए । आफैँभित्र रहेको ईश्वरलाई चिन्न नसक्दा अज्ञानी मानिसहरूले त्यसरी नै अनेक दुःख पाउने गर्दछन् । दिन दुःखीहरूको सेवालाई नै महाकवी देवकोटाले ईश्वरलाई प्राप्त गर्ने बाटो बताएका छन् । अन्तिम सत्य भनेको जन्म र मृत्यु नै हो, यो टारेर टर्दैन । मृत्यु पछाडि नयाँ उम्मेद र नयाँ अध्यायको सुरु हुने भएकाले मृत्यु नित्यान्त जरुरी विषय पनि हो । हिन्दू धर्मले सत्य कुरा जान्न र बुझ्नको लागि मानव जगतलाई मार्गदर्शन गरेको छ । हिन्दू धर्ममा भएको यस्तो ज्ञान त्यसै प्राप्त भएको होइन यसको लागि अनेक ऋषी, मुनी, महात्मा, ज्ञानीहरूले अनेक जन्म लगाएर कठिन तप र कडा मेहनत गरी योगदान दिएका छन् । अहिलेका मानिसहरूले त्यसको अध्ययन गरी बुझेर सदुपयोग मात्रै गर्न सके पनि पुग्छ । सदियौंदेखि हिन्दूहरूको लागि नेपाल भूमि सुरक्षित आश्रयस्थल बन्दै आएको छ । नेपाल ऋषी, मुनी, महात्मा, ज्ञानीहरूको तपोभूमि हो भने देवताहरू निवास गर्ने पवित्र देवभूमि पनि हो । नेपाल भूमिबाटै भगवान् बुद्धजस्ता ‘एसिया कै प्रकाश’ उदियमान भएका थिए । जनकजस्ता राजऋषी नेपालमा थिए भने, उहाँकै सुपत्री देवी सीताले नेपालमा जन्म लिएर अयोध्याका राजकुमार भगवान् रामसित विवाह गरी नेपाललाई भारतसित जोडेकी थिइन् । नेपाल भूमि हिन्दूहरूको लागि पवित्र भूमि भएको कुरा नेपालको नाम वेद, पुराणमा उल्लेख भएकोबाट नै प्रष्ट हुन्छ । भारतमा मुसलमान शासक मुगलहरूको राज चलेको बेला हिन्दूहरूको सुरक्षित बस्ने र लुक्ने ठाउँ पनि नेपाल भूमि नै थियो । मुगलहरूले जबरजस्ती हिन्दूहरूलाई धर्म परिवर्तन गराउने भएकाले सो अत्याचारबाट बच्नका लागि हिन्दूहरू नेपालमा भागेर आई सुरक्षित भएर बसोबास गर्ने गरेका थिए । मुसलमान शासक मुगलहरूले भारतमा जबरजस्ती हिन्दूहरूलाई धर्म परिवर्तन गर्न लगाउँदा फाल्नको लागि फुकालेको जनै मात्रै साँढे चौहत्तर गाडा भएको थियो भन्ने इतिहास छ । केही वर्ष अगाडिसम्म नेपालमा हुलाक सेवाबाट वा कसैको हातमा चिठी लेखी पठाउँदा ७४ १÷२ लेख्ने चलन कायम थियो । अनाधिकृत मान्छे कसैले उक्त चिठी खोलेमा मुसलमानहरूले हिन्दूहरूमाथि गरेको उक्त पापको भागीदारी बन्नु पर्ने विश्वास गरिन्थ्यो । वास्तवमा हिन्दूहरूले आफूहरूमाथि मुसलमान शासकहरूले गरेको अन्यायको शन्तिपूर्ण विरोध जनाउनुको साथै उक्त अन्यापूर्ण इतिहासिक घटनालाई हिन्दूहरूले कहिले नबिर्सिउन र सधैँ याद गरुन् भन्ने पनि उद्धेश्य थियो । यस्तै, अरु उदाहरणहरू पनि छन् । खासगरी भागेका हिन्दूहरूलाई लखेट्दै नेपाल पसेका मुसलमान शासकको सेनालाई नेपालको आले मगरहरूले आफ्नो सुंगुरहरू लगाएर भगाएका थिए । त्यसैको उपकारस्वरुप हिन्दू ब्राह्मणहरूले मगरहरूलाई आफ्नो यजमान बनाएको किंवदन्ती नेपालमा सुनिन्छ । मुसलमानहरू सुंगुरदेखि भाग्ने जानकारी पाएका आले मगर परिवारले आफ्नो शरणमा आएका हिन्दू ब्राह्मणहरूलाई जोगाउन कुनै कसर बाँकी राखेनन् । आफ्ना सबै संगुरहरूको बथान मुसलमान सेनातर्फ धपाई तिनीहरूलाई भगाएर आफ्नो गाउँमा शरण लिएका हिन्दू ब्राह्मणहरूलाई बचाउने काम सम्पन्न गरेका थिए । हिन्दूहरू सामान्य देखिए पनि मुसलमान सेनासित युद्ध गर्दा अति नै फूर्तिला र बहादुरी देखाउन सक्षम भएको देखेर मुसलमान सेनाका सुवेदार छक्क परेका थिए । उनलाई हिन्दूहरूको बहादुरी र फूर्तिलोपनाको रहस्यबारे जानकारी लिने मनसुवा भयो । त्यसैले आफ्ना जासुसहरू हिन्दू लडाकूहरूको पछाडि लगाए । हिन्दू लडाकूहरू सबैले युद्धमा जानुभन्दा पहिले मन्दिरमा पूजा गर्ने गरेको जानकारी जासुसहरूले ल्याएपछि सबै हिन्दू मठमन्दिरहरू भत्काउने निधो गरी त्यसको लागि मुसलमान सेना परिचालित गरिए । नेपालको राजधानी काठमाडौंमा पनि कलकत्ताका मुसलमान सुवेदारले खटाएको मुसलमान सेना आएर पशुपतिमा र काठमाडौंको केही अन्य मन्दिरहरूमा सामान्य तोडफोड गरी वापस गएका थिए । अहिले पनि विरुपाक्षको मूर्तिमा मुसलमान सेनाका सिपाहीहरूले हानेको तरबारको घाउ देख्न सकिन्छ । भारतमा मुगलहरूको शासन भएको बेला हिन्दूहरूले निकै कष्ट सहनु परे पनि अंग्रेजहरूको शासन कालमा भने जबरजस्ती हिन्दूहरूलाई क्रिश्चियन बनाउने काम भएको उदाहरण छैन । नेपालमाथि पनि अंग्रेजहरूले त्यस्तो धार्मिक हस्तक्षेप गरेको वा दबाब दिएको कुनै लिखित वा अलिखित जानकारी छैन । साथै कुनै किंवदन्ती पनि सुनिएको छैन । भारतलाई आफ्नो उपनिवेश बनाएर लामो कालसम्म शासन गर्ने इस्ट इण्डिया कम्पनीसित भएको युद्ध र त्यसपछि भएको शान्ति सम्झौताले नै आधुनिक नेपालको सिमाना निश्चित गरेको हो । त्योभन्दा पहिले ग्रेटर नेपालको सीमाना पूर्वमा टिस्टा नदी, पश्चिममा काँगडा र दक्षिणमा गंगा नदीसम्म नै फैलिएको थियो भनिन्छ । अंग्रेजसित भएको सुगौली शान्ति सम्झौताले नेपाललाई खुम्च्याएर अहिलेको अवस्थामा रुपान्तरण गरिदिएको हो । मुसलमानहरू पनि गाईको मासु खाने र अंग्रेजहरू पनि गाईको मासु खाने भएकाले हिन्दूहरूको लागि दुवै शासकहरू स्वीकार्य थिएन । यसै सन्दर्भमा कविवर धरणीधर कोइरालाले कवितामा भनेका छन् ‘यमनले राजगर्दा कति पतित हिन्दूस्तान थियो फगत यहि नेपाल मुलुक बजी कञ्चन रही गयो ।’ यमन भन्नाले गाईको मासु खाने म्लेक्षहरू हुन्, जुन अंग्रेज र मुसलमा दुवै प्रकारका शासकहरूमाथि समान रूपले लागू हुन्छ । गाईलाई हिन्दूहरूले भगवान् नै मानेर पूज्ने हुँदा अंग्रेज र मुसलमान दुवै हिन्दूहरूको शत्रु थिए । संसार कै कल्याण हेतु त्यतिबेला हिन्दूत्व जोगाउनको निमित्त नेपाल भूमिको उपयोग भएको थियो । नेपालको प्राकृतिक अवस्थाले गर्दा मुसलमान र अंग्रेज दुवैले हार मान्नु परेको थियो र नेपाल राष्ट्रको पवित्रतामा म्लेक्षहरूले कुनै दाग लगाउन सकेन । फलस्वरुप नेपाल कवि धरणीधर कोइरालाले कवितामा भनेको जस्तै हिन्दूहरूको एक मात्र संसारकै कञ्चन मुलुक बन्न नेपाल सफल भयो । तर, अहिले नेपालमा सक्रिय म्लेक्षहरू अंग्रेज वा मुगलजस्ता विदेशी होइन । उहाँहरू अहिले नेपालकै राजनैतिक दलको भेषमा भए पनि काम म्लेक्ष कै गर्दै छन् । नेपाल राष्ट्रकै पहिचान बनिसकेको हिन्दू राष्ट्रलाई मेटाएर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेका छन् । हिन्दूहरूको पूज्य गौमातालाई काट्ने र मासु खानेजस्ता गतिविधि नरोकी हिन्दूहरूको आत्मसम्मानलाई चोट पु¥याउने काम भएका छन् । नेपालका राजनीतिक दलहरूले अब पुस्तौंदेखि कञ्चन रहेको नेपाललाई फोहर गर्ने र दाग लगाउनेजस्ता गतिविधि बढाएका छन् । त्यसैले भारत विश्वकै हिन्दूहरूको संरक्षक अभिभावकको हैसियतले नेपालमा चलेको हिन्दूविरोधी गतिविधिलाई रोक्न सघाएर नेपालको कञ्चनतालाई कायम राख्नु पर्छ । दाग लगाउन खोज्ने देशी–विदेशी तत्वहरूलाई दण्डित तुल्याउनुपर्छ । हिन्दूधर्मको घोर बिरोध गर्ने मुगलहरू र इसाई धर्म फैलाउन खोज्ने अंग्रेजहरू नेपालमा सफल हुन सकेन किनकी दुवै विदेशी तत्वहरू थिए । अहिले नेपालभित्रै हिन्दूधर्मका विरोधीहरू निस्केका छन् । युगौंदेखि चल्दै आएको हिन्दू धर्मको सम्हार सम्बद्र्धन गर्नु पर्नेमा उल्टै धर्मनिपेक्षता नेपाली जनताको सहमति बिना नै लादेर दलका प्रमुख नेताहरू नै इसाई धर्मको प्रचार–प्रसारमा जुटेर डलरको खेती गर्दैछन् । हिन्दू धर्म विरोधी गतिविधिलाई प्रोत्साहन दिने काम गरेका छन् । त्यस कारण नेपाल राष्ट्रको पहिचान हिन्दू धर्मको रक्षा गर्न सबै नेपाली राजतन्त्रको नेतृत्वमा गोलबन्द हुँदैछन् । नेपाली जनताको उक्त महान अभियानमा संसारकै हिन्दूहरूको अभिभावक संरक्षक भएको हुँदा भारतले नेपाली जनताको साथ दिनै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *