किन रिसाए कतारी राजा

राजनीति समाचार

काठमाडौं । ३० लाख डलरको ५० वटा मस्जिद नेपाल भारत सीमाना क्षेत्रमा बनाउने भित्री योजना अलपत्र हुँदा कतारी राजा रिसाएर फर्केका छन् । राजाले नेपाल सरकारले उपहार दिने भनेको दुईवटा हात्ती दिने हल्ला चलाए । तर कतार र नेपालका बिचमा सम्झौता भएको छैन । मुस्लिम देशको पाहुनाले नेपालको लोकतन्त्रलाई टिकाटिप्पणी गर्दैनन् र गरेनन् पनि । तर कुरौटे नारदहरु नेपालमै छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमाथि खेलवाड गरेर सिटीईभिटीबाट सम्बन्धन लिएर नर्सिंङ कलेज चलाएकाहरुलाई बन्द गराउने स्वासथ्य अभियन्ता डा.गोविन्द केसीको आन्दोलनकी सचिव रास्वपाकी सांसद डा.तोषिमा कार्कीजस्तालाई भारतीय सरकारले सीमा क्षेत्रमा खर्च गरेर नर्सिङ कलेज चलाएको थाहा छ कि छैन । सीमा क्षेत्रमा नेपाली विद्यार्थीको भिड छ । देशको पैसा बाहिर गयो । डा.गोविन्द केसीको ध्यान त्यता छैन । अहिले देशमा नर्सिङका विद्यार्थी घटेका छन् । स्वास्थ्य प्राविधिको अभाव हुनु भनेको देशको स्वास्थ्य क्षेत्र तहसनहस हुनु हो ।

सरकार हावामा हिडेको छ । स्वार्थका योजनाले देश तहसनहस बनाएको छ । कतारको स्वार्थ सीमा क्षेत्रमा मस्जिद किन जरुरी भयो । यो मुलुकमा राजनीतिक क्षेत्र कति नालायक छ भन्ने देखाउँछ । आज देशको कुनै क्षेत्र सन्तोषजनक छैन । गणतन्त्रको मर्ममाथि खेलवाड भएको छ । प्रधानमन्त्रीलाई मुलुक सपार्न मन छ । उनले साथ लिएका शक्ति खराब भए । सत्ताको स्वार्थ कांग्रेसले कसरी पुरा गर्छ, त्यो देखियो । कांग्रेसकै पछि लागेर एकीकृत समाजवादीलाई किन यो भद्रगोलमा रमाइलो मान्नुपर्ने भयो ? देश यसरी नै चल्ने हो ? गणतन्त्र संघीयताको मर्म यस्तो हो सोच्नुपर्नेले किन सोचेका छैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *