कांग्रेस र एमालेको सरकार जनताको लागि अभिसाप

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक स्थायित्व नहुँदा विकास निर्माणको कामदेखि आर्थिक चलायमान हुन सकेको छैन । नेपालमा राजतन्त्र हुदैँ बहुदलीय प्रजातन्त्रसँगै गणतन्त्र लागुभइसक्दा राजनीतिक दलहरुले देशमा भएका विकृति, विसंगति, भ्रष्टाचार, हत्या र अपहरणका घटनाहरुको छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सकेको छैन । राजनीतिक दलहरु एक आपसमा भाषणको माध्यमबाट दोषारोपण गर्दैमा दिन बिताइरहेका छन् । देशमा विकृति र विसंगतिहरु बढ्दै गएका छन् ।

महङ्गी र भ्रष्टाचार त्यतिकै बढिरहेको छ । सरकारले महङ्गी र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेको छैन । कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि देशमा सुशासन कायम गर्न सकेको छैन । बजारमा सर्वसाधारण जनताले ग्यासको अभाव झेलिरहनु परेको छ । ग्यासको मुल्य पनि बढि असुल्ने गरिन्छ । राज्यका निकायहरुले त्यतातिर ध्यान दिएका छैनन् । राजनीतिक दलहरु विभिन्न बहाना बनाएर सत्ता हत्याउने दाउपेच गरिरहेका छन् ।

विगत लामोसमयदेखि नेपालमा हुने अपहरण र हत्या जस्ता घटनाहरु तत्कालीन सरकारदेखि हालका सरकारले अनुसन्धान गरी कारबाही गर्न सकेको छैन । उदाहरण लिन सकिन्छ तत्कालीन एमाले महासचिव मदन भण्डारीको हत्यालाई । उनको हत्यारा एमालेले पटक–पटक सरकारको नेतृत्व गरे तापनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । त्यस्तै राजा वीरेन्द्रको हत्यारा पनि अहिलेसम्म पत्ता लागेको छैन । त्यसैगरी निर्मला पन्त हत्यारा पनि पत्ता लगाउन सकेको अवस्था छैन ।

सरकारको काम छानबिन समिति बनाउने र झारा टार्ने हुदैँ आएको छ । कांग्रेस र एमाले मिलेर बनेको झण्डै दुइ तिहाइको हाराहारीको सरकारले यस्ता विषयमा ध्यान दिन सकेको छैन । देशमा शान्ति सुरक्षा र अमनचयन हुन सकेको छैन । दिनप्रतिदिन माफिया र तस्करहरुले राजश्व छलि गरिरहेका छन् । त्यतातिर सरकारको ध्यान गएको छैन । बजारमा ग्यासको अभाव भइरहेको छ । ग्यास कम्पनीहरुले पर्याप्त मात्रामा ग्यास उपभोत्तालाई पठाउन सकेका छैनन् । ग्यास बिक्रेताहरुले ग्यास कम्पनीलाई दोष दिइरहेका छन् । ग्यासको अभावले गर्दा सर्वसाधारणले ग्यासको मुल्य महङ्गो तिर्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *