नेपाल राष्ट्रको चलन चल्ती अनुसारको नियम कानुनलाई लत्याएर आफ्नो सुरुची अनुसार राज्य सत्ता र नेपालको राजनीतिक व्यवस्थालाई चलाउन खोज्नु नै सत्ता र राजनीतिको माफियाकरण हो । पछिल्लो राजनीतिक चरणमा दलको शीर्ष नेताहरुको यस्तो प्रवृत्ति बढीरहेको महसुस नेपाली जनताले गर्दैछन । नेपाली काँग्रेस र एमाले साँसदहरुको संख्याको हिसाबले नेपालको राजनीतिका पहिलो र दोस्रो ठुला दलहरु हुन र अहिले दुबै दलहरु मिलेर नेपालको राजकिय सत्ता र राजनीतिलाई हाँकिरहेका छन् ।
दुबै दलहरु मिलेर दुईतिहाई बहुमत पुगेको ओली सरकार यतिबेला नेपालमा सुशासन होइन सुरुचीको शासन चलाउन उद्धत छन् । यो कुरा एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले मुखले नभने पनि उहाँको राजनीतिक हाउभाउ र बोली व्यवहारबाट नै झल्कीरहेकाछन । उहाँ राजनीतिक शिद्धान्त अनुसार भन्दा पनि भ्रष्टाचारी दलका नेताहरुलाई जोगाउने हिसाबले नेपालमा राजनीतिक अभ्यास गरीरहेकाछन । प्रधानमंत्री ओली स्वयमले बिगतमा गरेको भ्रष्टाचार काण्डहरु एक पछि अर्को गरी भटाभट सार्वजनिक भईरहेकाछन । साथै उहाँले हाल नेतृत्व गरीराखेको मंत्रीपरिषद् भित्र पनि भ्रष्टाचारका अनेक महारथीहरु मंत्रीको रुपमा बिराजमान छन । उहाँहरु सबैको ध्यान आआफ्नो दल भित्रका भ्रष्टाचारीहरुलाई कसरी जोगाउने भन्ने तिर नै केन्द्रित छन ।
सुरु देखि नै ओली सरकारले नेपालको राजनीतिमा उदाएका नयाँ सीताराहरुको खेदो खनेकाछन । नेपाली जनताले अति नै रुचाएका त्यस्ता राजनीतिक सीताराहरुको बिरोध गर्दै ओली सरकारले उहाँहरुलाई टिक्न नदिने हिसाबले अनेक दाउपेच खेलीरहेको छ । नेपालको राजनीतिमा उदाएका प्रभावशली सीतारा रबि लामिछाने पनि एक हुन । रबिको पहिलो राजनीतिक प्रयासमा नै कहलिएका काँग्रेसी र एमाले नेताहरुले चित खाएका थिए । सहरी क्षेत्रमा चुनावै जितेका थिए भने ग्रामीण भेगमा भोट काटेर प्रतिद्वान्दी दलका नेताहरुलाई जिताएका थिए । यसअर्थमा नेपाली काँग्रेस र एमाले भनेको चुनावका घाईते मद्धेका हुन त्यसैले रबिलाई सरकारी प्रयोजित मुद्दाहरुमा फँसाएर मानमर्दन गर्ने कसरत गरीरहेकाछन । रबिले पनि आफु बाघ भएको दाबी गर्दै काँग्रेस र एमाले नेताहरु हुडार भएको आरोप लगाएका छन् ।
हुँडारहरुको ठुलै हुल भएपनि एक बाघको अगाडि कहिले नटिक्ने कुरा सर्वबिदित नै छ । सहकारी ठगीको समस्या नेपालमा ल्याउनेहरु एमाले नेताहरु नै हुन । तीन खम्बे अर्थतन्त्रको नीति नेपालमा एमाले नेतृत्वले नै ल्याएको हो । सोही नीतिले गर्दा नेपालमा सहकारी ठगीको सञ्जाल बिकसित भयो र त्यसलाई समय नघर्की समाधान गर्न नखोजेकाले आज आएर समाजिक समस्यामा परिणत भएकोछ । सहकारीको धन्दामा लागेकाहरु धेरै नेपाली काँग्रेस र एमाले दलका नेताहरु नै भएको कुरा सर्वबिदित नै छ ।
तर अहिले आएर सहकारी सित जोडिएका यो सबै विसंगतीको द्वोष राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कै हो जस्तो गरी उहाँविरुद्ध ओली सरकारका पुलिस प्रशासन पुरै खनिएका छन् । रविलाई दुःख दिने हिसाबले बिभिन्न जिल्लामा मुद्दाहरु चलाउने काम भएकछन भने सहकारीको मुख्य आरोपी भनौ वा द्वोषीहरु जस्तो जीबी राई समेतको खोजी सम्म पनि गरिएको छैन । नेपाली काँग्रेस र एमाले दलहरुले २०८४ मा हुने आम चुनावको लागि सबै भन्दा ठुलो चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै मानेको देखिन्छ । नेपालको राजनीतिको तेस्रो ठुलो दल माओवादीलाई नेपाली काँग्रेस र एमाले दलले कुनै ठुलो चुनौती मानेको जस्तो देखिन्न ।
२०८४ को आम चुनाव यदि भएमा त्यसलाई आफ्नो पक्षमा पार्ने मार्गमा सबै भन्दा ठुलो बाँधा बनेर उदाएका नेपालको राजनीतिका चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी पनि नेपाली जनताको नजरबाट गिराएर निःशस्त्र पार्ने दाउ दुई ठुला दल नेपाली काँग्रेस र एमाले मिलेर खेलीरहेका छन । यस्तो नचाहिने काम सफल नै हुन्छ भन्ने छैन यदि असफल भएमा त्यसको मुल्य दुबै ठुला दल नेपाली काँग्रेस र एमालेलाई निकै महंगो पर्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबिलाई ओली सरकारले जति दुःख दिएपनि रबिको प्रभाव नेपाली जनमानसमा कम भएको छैन झण झन फैलिएर नै गएको देखिन्छ ।
तत्कालै नेपाली जनता दुई ठुला दलहरु नेपाली काँग्रेस र एमाले दलको राजनीतिक माफियागिरीविरुद्ध उठिहाल्ने वातावरण तयार भईसकेको छैन तर त्यसको लागि जमिनी काम भने अवस्य नै तयार हुने दिशामा अग्रसर भई नै रहेको छ । नेपाली जनतालाई जगाउन र जाग्न समय लाग्छ किनकि नेपाली काँग्रेस र एमाले नेताहरुले पनि भित्रभित्रै प्रतिकार गरी नै रहेका हुन्छन । यस्तो प्रतिकार भ्रम फैलाउने खालका हुन्छन जसले गर्दा नेपाली जनता भ्रमित भएर यथार्थ सजिलै र सहजै बुझ्न सक्दैनन् ।
नेपालबाट राजतन्त्र र वैदिक सनातनी हिन्दूधर्मलाई हटाउनको निमिक्त पनि दलहरुले सोही प्रकारको देउपेच लगाएका थिए । एमाले शीर्ष नेता प्रधानमंत्री ओली यस्ता प्रतिकार षडयन्त्र गर्ने मामलामा पारंगत छन । उहाँ आफै चुर्लुम्मै भ्रष्टाचारमा डुबेर पनि नेपाली जनताको सन्मुख एक राष्ट्रवादी र बिकासवादी नेताको छबी बनाएका थिए । अहेले आएर उहाँले गरेका भ्रष्टाचार काण्डहरु सबै छताछुल्ल भएपछि र उहाँले बनाएका कंक्रिटको टावरहरु भुत बंगला बनेपछि मात्रै नेपाली जनताले उहाँ भ्रष्टाचारी र बिकास बिरोधी भएको कुरा चाल पाएकाछन । ओली सरकारको लागि राम्रो काम गरीरहेको कुलमान नै चुनौतीपूर्ण भएको छ ।
ओली सरकारको सुरुको दिन देखि नै कुलमानलाई कसरी पदबाट हाटउने भनी अनेक कसरत गरीरहेको छ । सबै भ्रष्टाचारीहरु मिलेर उहाँ बिरुद्ध मुक्का धक्का हानी रहेका छन तर पनि सत्यको बाटोमा चलीरहेको कुलमानलाई टसको मस पार्न सकीरहेका छैनन् । यसैगरी ओली सरकारको निशानामा काठमाण्डौको मेयर बालेन पनि परेकाछन । मेयर बालेनले चुनाव जितेर काठमाण्डौको मेयर पदमा आसिन भएपछि उहाँ नेपाली जनताले अपेक्षा गरेअनुसार काठमाण्डौमा राम्रो कामगरी काठमाण्डौ बासी जनताको मन पनि जित्न सफल भएका छन् । त्यसकारण ओली सरकारको लागि बालेन बिरुद्ध कार्यबाही चलाउन त्यति सहज र सरल छैन ।
बालेनविरुद्ध हुने ओली सरकारको कुनै पनि कार्यबाहीलाई काठमण्डौ बासीले प्रतिकार गर्नेछन भन्ने कुरा एमालेजनले राम्रै सित भुझीसकेको हुनुपर्छ । ओली मार्गीहरु सित चुपचाप अब अर्को चुनाव कुर्नु सिवाय अन्य उपाय छैन । काठमाडौं मेयर बालेनको भूमिका २०८४ को चुनावको लागि महत्वपूर्ण हुने देखिन्छ । उहाँ फेरि मेयर पद कै लागि चुनाव लड्ने छन् वा प्रधानमन्त्री पदको नै दाबेदार बन्ने हुन भन्ने कुराको अहिले नै प्रष्ट संकेत प्राप्त भईसकेको छैन । सारमा कुरा के हो भने ओली सरकारको लागि सन्तुलित भएर अगाडि बढ्न जरुरी छ ।
यस्तै असन्तुलित भएर काम कार्यबाही गर्दै गएमा २०८४ को आम चुनाव सम्मको लागि यो नेपाली काँग्रेस र एमाले गठबन्धन पुग्न सक्दैन । त्यसै पनि संघियता र गणतन्त्र दलहरुले नै नेपालमा मच्चाएको अनेक भ्रष्टाचार काण्डहरु र त्यसबाट उत्पन्न राष्ट्रिय आर्थिक संकटको कारणले तुहिने अवस्थामा पुगेकोछ । रबिको नेतृत्वमा चलेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घिटघिटोमा पुगेको संघियता र गणतन्त्रको भरिया बन्न खोजेको हुँदा स्थापित दलहरुको बक्रदृष्टिमा परेकाछन ।
नेपालमा संघियता र गणतन्त्र टिक्दैन र ठिक छैन भन्ने कुरा लाटो गाँडोलाई पनि थाहा भएकै कुरा हो । दलका नेताहरु केवल आफ्नो स्वार्थ पूर्ति गर्ने हिसाबले संघियता र गणतन्त्रको भारी बोकेर हिडीरहेका छन । पालो फेर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्टै स्थापित दलका नेताहरुले अनाहाकमा नै दुःख दिईरहेकाछन । यस्ता कुबुद्धि भएका दलका शीर्ष नेताहरुको संगत गरी बसेकाले रबिले दुःख पाएका छन । ओली सरकारको मिसन ८४ को लागि हर्क साम्पाङको श्रमदान क्रान्ति सामान्य चुनौती हो ।
धरान मेयर हर्क साम्पाङको श्रमदान क्रान्तिले चुनावै हराउन नसके पनि भोट भने अवश्य काट्न सफल हुनेछ । उहाँबाट प्रेरणा लिएका युवाहरु अप्रत्यासित रुपमा एमालेको मिसन ८४ को मार्गमा ढुंगाको रोड साबित हुन पनि सक्छन । ओली मार्गीको लागि सबै भन्दा ठुलो चुनौती पक्कै पनि दुर्गा प्रसाईले नेतृत्व गर्नु भएको राजनीतिक अभियान नै हुनेछ । यो अभियानले ओली मार्गीहरुलाई चुनाव हराएर धोबीको कुत्ता नघरको नघाटको पनि तुल्याउन सक्छ । साथै राजतन्त्रवादीहरु पनि अहिलेको नेपालको राजनीतिक अवस्थामा कमजोर छैनन् । एमालेको मिसन ८४ मा पुग्नु भन्दा पहिले नै नेपालमा राजनीतिक उथलपुथल हुन सक्ने संभावना पनि धेरै बलियो छ । यदि त्यसो भएन भने पनि राजतन्त्रवादीहरुले एमालेको भोट पनि काट्ने र चुनाव पनि ठाउँ ठाउँमा हराएर छाड्ने सम्भावना धेरै धेरै उच्च छ ।
ओली मार्गीहरुको राजनीतिक माफियागिरी र सुरुची अनुसार नेपाल सरकार चलाउने वा कब्जागरी बस्ने अनि राज्यको ऐन, नियम र कानुनलाई वेवास्ता गर्ने नीतिले नेपाली राजनीतिको माफियाकरणलाई बढवा गरेको छ । दलको शीर्ष नेताहरुको सुरुचीको शासनलाई सुशासन भन्न मिल्दैन । अध्यादेशबाट देश चलाउन खोज्नु वा आफ्नो सुरुचीकोविरुद्धमा गए संसद नै बिघटन गर्नु राजनीतिक माफियागिरी नै हो । यस्तो मानिसकता शीर्ष नेताहरुले तुरुन्तै त्यागी हाल्न जरुरी छ । नीति र नेतृत्वको बिरोध गर्न पाउनु पर्छ र त्यसो गर्यो भन्दैमा खेदो गरी रविलाई झै सत्ताको शक्ति लगाएर दुःख दिने काम शीर्ष नेताहरुले रोकी हाल्नु पर्छ ।