सेयर बजारमा दुई महिना यताकै उच्च अंकले बृद्वि

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सेयर बजारमा पछिल्लो दुई महिना यताकै उच्च अंकले बढेको छ ।

आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्दा ६९ दशमलव ८० अंक अर्थात् (दुई दशमलव ६२ प्रतिशतले ) बढेपछि कारोबार रकम पनि नेप्से परिसूचक २७२७ मा उच्च कायम भएको हो । दुई सय दुईवटा कम्पनीको मूल्य बढ्दा ३७ ले घट्यो भने तीनको स्थिर रहेको छ । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै चार दशमलव ९२ प्रतिशतले बृद्वि भएको छ ।

बैंकिङ दुई दशमलव ५२, विकास बैंक तनि दशमलव १५, फाइनान्स एक दशमलव २९, होटल तथा पर्यटन एक दशमलव ८२, हाइड्रोपावर एक दशमलव ४१, लगानी तीन दशमलव ३८, जीवन बीमा दुई दशमलव४३, उत्पादन तथा प्रशोधन तीन दशमलव सात, निर्जीवन बीमा तीन दशमलव ७१, अन्य दुई दशमलव ६३ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले बृद्वि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *