मधेशको निजी अस्पतालमा प्रदेशका मुख्यमन्त्रीको छड्के चेक

मधेस प्रदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित ७ वटा निजी अस्पतालहरुमा छड्के चेक जाँच गरेका छन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले अनुगमनको क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर हस्पिट बिनादर्ता सञ्चालन भएको भेटिएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको मधेशको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । यसैगरी भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलको नवीकरण नभएको पाइएको छ । त्यसैले ती हस्पिटल सञ्चालकलाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

अनुगमन टोलीका सदस्यहरुका अनुसार अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नगरिएको, विपन्न, ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजाजत लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको जस्ता त्रुटिहरु पनि भेटिएको छ । मापदण्ड पालना नगरेको पाइएपछि त्यस्ता त्रुटिहरु सुधार गर्न मधेश प्रदेश सरकारले निर्देशन दिसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *