भ्रष्ट संगीता कौशल स्वास्थ्य सचिवमा बाजी मार्ने संकेत

राजनीति समाचार

काठमाडौं । डा रोशन पोखरेल घर फर्किएपछि रिक्त रहेको स्वास्थ्य सचिवमा डा संगीता कौशल मिश्रले बाजी मारे अनोठौं नमाने हुन्छ । कारण पछिल्लो समय केपी शर्मा ओलीले जताततै महिलालाई प्रथामिकता दिँदै आएका छन् । स्वास्थ्य सचिव बन्ने लाइनमा डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको छ । यीमध्ये संगीताले बाजी मार्ने प्रवल सम्भवना रहेको स्रोतहरुको दावी छ । उनी भारतीय मुलुकका हुन् ।

भारत झारखण्डस्थित राँचीमा जन्मेकी, हुर्केकी र प्रारम्भिकदेखि एमबीबीएससम्मको शिक्षा उनले त्यहींबाट पूरा गरेकी स्वास्थ्यको स्रोतहरुको दावा छ । महानिर्देशक मिश्रका श्रीमान् सीके राउतको जनमत पार्टीका नेता हुन् भने उनी जुन पार्टीको स्वास्थ्यमन्त्री भयो, सोही पार्टीको निकट हुँ भन्दै चाकरी गर्न उनको स्वभाव छ भन्छन्,कर्मचारीहरु ।

उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा उनकै पार्टीको निकट भएकी थिइन् । उनी प्रदीप यादव ५० दिने मन्त्री हुँदा उनले राखेका मुद्रण व्यवसायी सल्लाहकार अवधेश झा मार्फत् त्यही समूहसँग नजिकिएकी थिइन् । यस अघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा त्यहाँका ठेक्काहरुमा स्पेफिकेशन लक्ड गरेर सीमित व्यवसायीलाई ठेक्का दिलाएको आरोप लागेको थियो । उनी डिजी हुँदा स्वास्थ्य सेवा विभागका अधिकांश टेन्डरमा स्पेशिफिकेशन बैङ्कमा रहेको स्पेशिफिकेशन प्रयोग गर्ने गरेको आवरणमा विभागमा बायोमेडिकल इन्जिनिरहरुलाई समेत मिलेमतोमा मिलाएर सरकारी खरिदमा चरम अनियमितताको आरोप लागेकी कर्मचारी हुन् । उनले लोकसेवाको परीक्षामा बदमासी गरेर बढूवा भएकी कर्मचारी समेत हुन्, मिश्रा । बढुवा हुन बदमासी गरेको भन्दै प्रमाणसहित सो समयमा लोकसेवा आयोगमा उजुरी परेको थियो । त्यही समयमा तामाकोशी सन्देशले यो बिषयमा पहिलो पटक समाचार नै प्रकाशन गरेको थियो ।

मोहन बस्नेत,प्रदीप,उपेन्द्र यादवहरु मन्त्री हुँदा स्वास्थ्यको आकर्षक कार्यालयको जिम्मेवारी पाएकी थिइन् । महानिर्देशक हुँदा व्यवस्थापन महाशाखाले २०८० माघ चार गते (जनवरी १८, २०२४) मा ५० सेट ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ सामग्री २६ करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरियो । एउटा हाइफ्रिक्वेन्सि एक्स–रेको मूल्य करिब १६ लाख, डिटेक्टरको १२ लाख र प्रिन्टरको मूल्य चार लाख पर्ने देखिन्छ । यसरी हेर्दा एउटा हाइफ्रिक्वेन्सी एक्स–रे, डिटेक्टर र प्रिन्टरको मूल्य करिब ३२ लाख पर्ने देखिन्छ।

यसरी ३२ लाखका दरले ५० वटा मेसिनको मूल्य करिब १६ करोड पर्ने भए पनि मिलेमतोमा यसको मूल्य २६ करोड पूर्याइएको थियो । विभागले बोलपत्र आह्वान गर्दा यज्ञ भण्डारी र विमल उप्रेतीको स्वामित्व रहेको म्याक्स मेडिटेक सिस्टम प्रा.लिकै सेटिङ्गमै ठेक्का दिइएको बिषय त्यस समय समाचार प्रकाशित भएको थियो । ०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी डा. संगिता सचिवमा नियुक्त भएकी उनी २ वर्ष ४ महिना सचिव चलाउन पाउनेछिन । यसरी बढूवाका लागि कीर्ते गर्ने उनै कौशललाई स्वास्थ्य सचिव बने अनौठो नमाने हुन्छ भन्छन्,स्वास्थ्यका कर्मचारीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *