सुडानमा हैजाबाट ९२ जनाको मृत्यु

विविध समाचार

काठमाडौं । सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।

गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ)ले दृई हप्तामै ९२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार एक सय ३५ पुगेको जनाएको छ । जसमा एक हजार पाँच सय ६ जनाको मृत्यु भएको छ । फेब्रुअरी २० देखि मार्च पाँचसम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा दुई हजार सात सय १८ जना बिरामी भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *