काठमाडौं । मुख्यसचिव निजामती कर्मचारीहरुको अभिभावक मानिन्छन् । निजामती सेवामा जागिर खाने अधिकांश कर्मचारीहरुले भविष्यमा मुख्य सचिव भएर इतिहास कायम गर्ने इच्छा राखेका हुन्छन् । तर। नेपालको परिप्रेक्षमा भने यो या त्यो बहानाले गर्दा कतिपय योग्य, दक्ष र मेहनती कर्मचारीहरु मुख्य सचिव बन्नबाट बन्चित हुने गरेका छन् ।
पछिल्लो समय राजनीतिक दलहरुले योग्यता, दक्षता र इमानदारी व्यक्तिलाई अवसर दिनेभन्दा पनि आफ्नो पार्टी निकटको व्यक्तिलाई अगाडि बढाउने नाममा रोलक्रम मिच्ने परम्परा बढ्दै गएको छ । राजनीतिक नेता र दल निकट कर्मचारी नेताहरु मुख्य सचिव बनाउन बनाहावी हुने भएपछि सरकार फेरिनासाथ मुख्य सचिव फेरिने गरिएको छ । सरकार फेरिएसँगै बारम्बार मुख्य सचिव पनि फेर्ने परिपाटीले गर्दा मुख्य सचिवहरुले आफ्नो कार्ययोजनासहित कार्यकाल पुृरा गर्न पाएका छैनन् ।
हालका मुख्य सचिव एकनारायण अर्याल पहिला माधव नेपाल खेमामा थिए । माधव नेपाल एमालेबाट फुटेपछि अर्याल रातारात एमाले निकट भए । एमाले निकट भएपछि अर्यालयले विभिन्न मन्त्रालय सम्हाल्ने अवसर पाए । उनले संघीय मामिला, श्रम, गृहजस्ता महत्वपूर्ण मन्त्रालयको सचिवहुँदै अहिले मुख्य सचिवमा बाजी मारेका छन् ।
अर्यालले आफूभन्दा सिनियर ३ जना सचिवलाई पछि पारेर मुख्यसचिवमा बाजी मारेका हुन् । मुख्य सचिव बन्नको लागि अर्यालयले प्रधानमन्त्री केपी ओलीलाईसमेत विभिन्न आस्वासन दिएर गुमरामा पारेका थिए । प्रधानमन्त्री ओलीलाई गुमराहमा पारिसकेपछि अर्यालयको मुख्य सचिव बन्न बाटो खुल्ला भएको थियो । प्रधानमन्त्री ओलीकै इच्छामा अर्याल मुख्य सचिव भए तापनि अहिले उनीहरुबीच टसल सुरु भएको बताइन्छ । कर्मचारीहरु पनि मुख्य सचिवप्रति असन्तुष्ट बन्न पुगेको आरोप छ । मुख्यसचिवकै कारण प्रधानमन्त्री कार्यालयले भनेजस्तो काम गर्ननसकेको गुनासो त्यत्तिकै छ ।
प्रधानमन्त्री र कर्मचारी प्रशासनलाई रिझाउन नसकेकै कारण मुख्य सचिव अर्यालको कुर्सी धरापमा पर्ने देखिन्छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ मुख्य सचिवको खोजी गर्न थालेको प्रधानमन्त्री कार्यालय सोतको भनाइ छ । यतिबेला मुख्य सचिव अर्यालयलाई एकातिर कर्मचारी प्रशासन चलायमान बनाउन नसकेको आरोप छ भने अर्कोतिर संघीय निजामती ऐन ल्याउन भूमिका खेल्न नसकेको आरोप छ ।
त्योसँगै प्रंधानमन्त्री कार्यालय मातहतबाट हुने अधिकांश काम मुख्य सचिवकै कारण अवरोध भएको, भ्रष्टाचार र विकृति, विसंगति झगिँदै गएको, समयमा कर्मचभारी सरुवा बढुवा गर्न नसकेको र स्थानीय तहमा कर्मचारी पठाउन नसकेको आरोप पनि मुख्य सचिव अर्याललाई लाग्न थालेको छ । त्यसैगरी कतिपय सिनियर सह–सचिवहरुलाई जिम्मेवारी नदिएर बरन्डामा थन्क्याइएको आरोप पनि मुख्य सचिव अर्यालमाथि छ । यी र यस्तै कारणले गर्दा प्रधानमन्त्री ओली नयाँ मुख्य सचिवको खोजीमा रहेको कर्मचारी स्रोतको भनाइ छ ।

