नेपालमा लगानी गर्न थाइल्यान्डका उद्योगीसँग प्रधानमन्त्री ओलीको अपिल

राजनीति विविध समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग नेपालमा लगानी गर्नको लागि छलफल गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् । नेपाल र थाइल्यान्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुबै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेकोले पछिल्लो दशकमा थाइल्यान्डले विकास गरेको प्रविधि, हासिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरूका कारण अहिले समृद्ध मुलुकहरूमध्ये एक थाइल्यान्ड पर्दछ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबिच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण
रहेको बताएका छन् ।

थाइल्यान्डले सिकेका ज्ञान, सीप र हासिल गरेको नवीनतम प्रविधिहरू नेपालमा भित्र्याउनसके र थाइल्यान्डका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न सके नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *