लुम्बिनी प्रदेशद्वारा मोबाइलमार्फत् पारिवारिक स्वास्थ्य विवरणको तयारी

लुम्बिनी प्रदेश समाचार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँके जिल्लामा मोबाइल (एप्लीकेशन) मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेकोले बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरीपश्चात् गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको छ । पारिवारिक विवरण सङ्कलनका लागि बाँकेका एक लाख २९ हजार ३०७ घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने गरेका छन् ।

यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषणवृद्धि अवस्थाको अनुगमन गरिनेछ ।

नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो ‘पाइलटिङ’ कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *