बोहराको ठाउँमा अब को ?

राजनीति समाचार

काठमाडौं । संघीय सदनका राप्रपा सांसद दीपक बोहराको निधनले रूपन्देही ३ मा सांसद पद खाली भयो । क्यान्सर पीडित सांसद बोहरा निर्वाचनमा समेत बोलेर आफ्ना योजना व्यक्त गर्न सक्ने अवस्था नहुँदा अर्का नेता निरञ्जन थापाले बोहराको काम गरेका थिए । शारीरिक रुपमा अस्वस्थ हुँदाहुँदै राप्रपाको नाममा बोहरा नै उम्मेदवार बनाउनै पर्ने बाध्यता के थियो ? जबकि निरञ्जन थापा जस्ता कानुनका ज्ञाता त्यहाँ थिए ।

उपचुनाव ६ महिनाभित्र गर्नुपर्छ । रूपन्देहीको त्यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँड माओवादीको सहयोगमा, बोहरा एमालेको साथमा चुनाव जितेका हुन् । त्यो क्षेत्रबाट एमालेले टिकट दिएन । घनश्याम भुसाल ४ नम्बरमा चुनाव लड्दा एमालेका छविलाल बिकसँग पराजित भएपछि बल्ल नेकपा एसमा प्रवेश गरेका थिए । अब राप्रपाले एमालेको कांग्रेसले माओवादीको साथ पाउने अवस्था छैन ।

चुनावमा एक्ला एक्लै लड्दा माओवादीले पहिचान बचायो । स्ववियूको चुनाव वा पत्रकारको चुनावमा त्यो देखियो । माओवादी हुलाकी राजमार्ग केन्द्रित जनसम्पर्क अभियानमा छ । एमाले कांग्रेसको संयुक्त सरकार भएपनि जनताको काम गरेका छैनन् । नीतिगत भ्रष्टाचार बिचौलियाको बिगबिगी माफियाको बाहुल्यता हाबी रहेको छ । यो सरकारको प्रमुख लक्ष्य नै भ्रष्टलाई कार्वाही गर्नुपर्ने ठाउँमा भ्रष्टाचारीलाई जोगाउने काम गर्दै आएको छ । सरकारले सहकारी ठगेको मात्र होइन, पूर्व सरकारले थालेका साहुकर र मिटर ब्याज पीडितको समेत चासो दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *