प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता शुरु, विभिन्न नौ वटा क्लबका खेलाडीको सहभागिता

खेलकुद समाचार

काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२ आजदेखि शुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका हुन्। यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करण प्रतियोगितामा विभिन्न नौ वटा क्लबका खेलाडीको सहभागिता छ ।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।सैनिक तालिम महानिर्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६ खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *