काठमाडौं । आधुनिक युगसँगै मानिसहरुको जिवनशैली, स्वास्थ्यमा पनि आधुनिकताले प्रवेश पाएको छ । यो सँगै आधुनिक जिवनशैलीमा सुन्दरताप्रतिको वर्चश्व पनि बढेको पाइन्छ । लिबिष्टक, पाउडर, क्रिम त अहिले सामान्य जस्तै भएको छ । मानिसमा ‘अरुभन्दा म के कम’भन्ने खालको मनोवृत्तिका कारण विज्ञानले सौन्दर्य सामग्रीप्रति पनि उपलब्धि हासिल गरेको छ । अहिले सुन्दरताको नाममा प्लास्टिक सर्जरी जथाभावी रुपमा प्रयोग गर्नेको जमातमा बढ्दो रहेको छ । प्लास्टिक सर्जरी कुनै पनि चीजलाई आफ्नो प्रतिकूल मोड्नु वा ढाँचा परिवर्तन गर्नु भन्ने हुन्छ ।
अर्थत् शरीरको कुनै पनि भागलाई आफूले चाहे अनुरुप फेरबदल गर्नु भन्ने बुझिन्छ । प्लास्टिक सर्जरीसँगै कस्मेटिक सर्जरी सौन्दर्यकै लागि गरिने शल्यक्रिया हो । कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा अंग हो । यी दुईबीचको भिन्नताको बारेमा कुरा गर्ने हो भने कस्मेटिक सर्जरी शरीरको कुनै पनि अंगको सौन्दर्यमा केन्द्रित हुन्छ । यसले अंगहरुलाई इच्छाअनुसार आकार दिन्छ । अन्य शल्यक्रियाको तुलनामा कस्मेटिक सर्जरी अलि महंगो हुन्छ । तर विदेशको तुलनामा नेपालमा कस्मेटिक सर्जरी सस्तो पर्छ । अनुहारको कुन भागको कस्मेटिक सर्जरी गर्ने हो खर्च त्यसमा भर पर्छ । अनुहारको कस्मेटिक सर्जरी गर्न लगभग ६० हजारदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । तर नेपालमा बस्ने नेपालीहरुको लागि यस्तो विधि महङ्गो नै मानिन्छ । किन भने नेपालीहरुको औषत आय श्रोतको हिसाबले गर्दा ।
कस्मेटीक शल्यक्रिया भन्दा विदेशी ब्रान्डहरु नेपालमा विजनेस गर्न अनि प्रयोग गर्न आय श्रोतको हिसाबले सहज हुनेभएकोले प्रोडक्टहरु बजारमा चाहिरहेका छन् । यसमा सम्बन्धित निकायबाट कुनै रोकतोक र अनुगमन भएको पाइँदैन । यसबारे प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी रहेको छ । कस्मेटिकको प्रयोगले पछिल्लो समय नेपालमा छाला क्यान्सर जस्तो भयानक रोग देखिन थालेको छ । त्यसो त धेरै कस्मेटिक बनाउने कम्पनीहरुले आफ्नो प्रोडक्टलाई राम्रोसँग जाँच गरेर मात्र बजारमा ल्याउने गर्छन् । तर, त्यसलाई लामो समयसम्म प्रयोग गर्नु उचित हुँदैन । ब्रान्डेड उत्पादनहरु एक्स्पायरी डेटसहित आउँछन् । डेट गएको उत्पादनको प्रयोग बिर्सेर पनि गर्नुहुँदैन ।
अहिले बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन् । छाला चम्काउन होस् वा कपाल बाक्लो बनाउन, ओंठलाई मुलायम बनाउन होस् वा अनुहारको दागधब्बा मेट्न, चाहेजति र खोजेजस्तै सौन्दर्य प्रशाधन पाइन्छ । तर, आफुलाई सुन्दर बनाउन प्रयोग गरिने सौन्दर्य प्रसाधनले कुरुप पनि बनाउन सक्छ । किनभने बजारमा त्यस्ता कमसल सौन्दर्य प्रसाधन पनि छ्यापछ्याप्ती छन्, जसको प्रयोग उपयोगी हुँदैन ।
छालामा समस्या आउन दिनुभन्दा पहिले नै छालासम्बन्धी विशेषज्ञ, एस्थेटिसियन, कस्मेटिकसम्बन्धी डाक्टरहरूसँग सल्लाह लिएर र छालाको राम्रो जाँच गरेर मात्र कस्मेटिकको प्रयोग गर्ने हो भने छालामा समस्या आउनबाट जोगिन सकिन्छ । विशेष गरेर कस्मेटिकको प्रयोग गर्दा कुन ब्रान्ड, कहाँ बनेको, एक्सपायरी डेट, मेनिफ्याक्चर डेट पनि राम्रोसँग नहेरी प्रसाधनको प्रयोग गर्नु घातक हुन्छ । कस्मेटिक ब्रान्डमा नाम ठूला ठूला अक्षरमा लेखिएको हुन्छ भने कम्पोजिसन स–साना अक्षरमा लेखिएको हुन्छ । त्यसैले पनि यस्ता प्रसाधनको विश्वास गर्नु उचित हुँदैन ।