काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ ।
ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको पनि घोषणा गरेको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै सम्झौताको बारेमा जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको र यसको विवरण भोलि मंगलबार जारी गरिने बताएका छन् ।
उनले भने,‘पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन् । हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौं, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ ।’
उनले अमेरिका हाल १२ सय अर्ब डलरको व्यापार घाटामा रहेको र यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेको बताएका छन् । त्यस्तै चीनका भाइस प्रिमियर हि लाइफन्गले पनि अमेरिकासँगको व्यापार सम्झौताको पुष्टि गर्दै यस बारे छिटै जानकारी दिने बताएका छन् ।