नेपालले हङकङ चाइनालाई दियो ३० रनको लक्ष्य, वर्षाका कारण पाँच ओभरमै सिमित

खेलकुद समाचार

काठमाडौं । नेपालले हङकङ चाइनालाई ३० रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत वर्षाले प्रभावित बनेको नेपाल र हङकङ चाइनाबीचको खेल पाँच ओभर खेलाइएको छ ।

यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालका लागि सम्झना खड्काले १० रन बनाएकी थिइन् भने इन्दु बर्माले ९ रन बनाएकी थिइन् ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *