धनुषाको मिथिला नगरपालिकामा आज ६४ परिवारलाई लालपुर्जा वितरण

विविध समाचार

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन)का रुपमा बस्दै आएका ६४ परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित एक समारोहबीच -१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो । त्यसैका आधारमा लालपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उनीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *