काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर गत चैत २५ गतेबाट रिक्त रहेको थियो ।
गर्भनर बन्नको लागि निजी बैंकका सिईओ देखि राष्ट्र बैंकका निर्देशक गुणकर भट्टदेखि डिपुटी गर्भनर निलम ढुङ्गाना तिमिल्सीना समेत लागि परेकिथिइन् । तर, सत्ता गठबन्धन भित्र विवाद हुँदा झन्डै दुई महिना हाराहारी राष्ट्र बैंकको गर्भनर नियुक्ती हुन सकेको थिएन ।
सरकारले गत मंगलबार राष्ट्र बैंकको गर्भनरमा डा.विश्वनाथ पौडेललाई नियुक्ती गरेपछि बैंक, वितीय संस्था देखि विभिन्न क्षेत्रबाट गर्भनर पौडेललाई शुभकामना दिनेहरुको लर्को लागेको छ । तर, राष्ट्र बैंकको ऐन विपरीत राष्ट्र बैंकको गर्भनरमा बाहिरबाट नियुक्ती गर्ने परम्पराको थालनी भएपछि अर्थतन्त्र कसरी चलायमान हुन्छ भन्नेहरुको पनि ताँती त्यतिकै छ ।
नवनियुक्त गर्भनर पौडेलले खस्किँदै गएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सक्छन् भन्ने चर्चा आम बुद्विजिवी देखि सर्वसाधरण जनताले चर्चा गर्न थालेका छन् । बैंकिङ्क क्षेत्रले निजी क्षेत्रमा तथा लगानी गर्न नसकेको उद्योगी, व्यवसायीहरुले सहुलियतमा ऋण नलिएको र देशलाई आर्थिक चलायमान बनाउन नसकेको आरोप सरकारले खेपीरहेको थियो । अब नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले देशलाई आर्थिक स्थिती कसरी चलायमान बनाउँछन् र देश ‘ग्रे’ लिष्टमा परेको नेपाललाई कसरी उकासने योजना ल्याउछन् त्या भने प्रतिक्षाको विषय बनेको छ ।