काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरसको चारवटा नयाँ भेरियन्ट पत्ता लागेको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा.राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।
जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उपप्रकार २० प्रतिशत देखा परेका छन्।
जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।
हालसम्म चेकजाँचका क्रममा भारतमा कोरोना संक्रमितको संख्या एक हजार ८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।
सबैभन्दा धेरै ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् ।भने गुजरातमा १३ जना संक्रमित निको भएका छन्। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।