विश्वप्रकाशले गराए सगरमाथा क्षेत्रमा तुरुन्त गर्नुपर्ने ७ काम बारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा क्षेत्रको आफ्नो भ्रमणपछि त्यस क्षेत्रमा तुरुन्त गर्नुपर्ने ७ कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै महामन्त्री शर्माले सगरमाथा आरोहण गर्न आउने पर्यटक र उनीहरुका लागि सहयोगीको काम गरिरहेकाका यी सात समस्या तत्काल समाधान गर्न पनि आग्रह गरेका छन् ।

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भरिया बीमा, व्यावसायिक आरोहीलाई पेन्सन, सगरमाथा बेस क्याम्पमा नेपाल टेलिकमको सञ्चार टावर, सगरमाथामा सरकारको प्रविधि, सगरमाथामा सरकारको उपस्थिति, ट्रेकिङ रुट नमासी सडकको निर्माण र ठुक्लामा झोलुंगे पुलको निर्माण लगायतका काम तत्काल गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *