भ्रष्टमन्त्रीहरुकै कारण सरकार दिनप्रतिदिन बदनाम

राजनीति समाचार

मुलुकमा सुशासन र समृद्धिको आशा तब हुन्छ, जब नेतृत्वले नै सुशासनको जग बसाल्छ । नेतृत्वमा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा मुछिए भने अरुबाट कुनै आशा राख्न सकिँदैन । हो, पछिल्लो समय एमाले–कांग्रेस नेतृत्वको सरकारका मन्त्रीहरु नै भ्रष्टाचार र बेथितिको काण्डमा मुछिएका छन् । यो सरकारबाट जनताले के आशा राख्ने ? पछिल्लो समय अर्थतन्त्र दयनीय अवस्थाबाट गुज्रिरहेको छ । श्रमशक्ति पलायनको अवस्था कहालीलाग्दो छ । मुलुकमा सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, उत्पादन बढाउन र अर्थतन्त्र चलायमान बनाउन सरकार र सम्बन्धीत निकायको ध्यान गएको छैन । उल्टै सत्तामा पुग्ने र कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्न सरकारका मन्त्रीहरुको छ । यस्ता व्यक्तिहरुकै हातमा न्याय र कानून छ । वास्तवमा यसले गर्दा विधिको शासनको धज्जी उडाउने काम गरेको छ ।

नेपाली कांग्रेसबाट केन्द्रीय मन्त्री बनेका गृहमन्त्री रमेश लेखक र उर्जामन्त्री दीपक खड्का बद्नाम भएका छन् । यस्ता मन्त्रीलाई तत्काल निलम्बन गरेर किन अनुसन्धान अगाडि बढाइँदैन । सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुको लागि नेपाल स्वर्ग बनेको हो त? कांग्रेसको शेखर समूहका दीपक खड्का र सभापति देउवा पक्षधर रमेश लेखक आगामी १५ आंै महाधिवशेनमा पद हत्याउनका लागि भरपुर रकम जम्मा गर्दैछन् ।

आगामी महाधिवेशन र निर्वाचनका लागि एक अर्बभन्दा बढी रकम लेखकले उठाएको बताएको छ । भिजिट भिसा, प्रहरीको सरुवा र बढुवा, सीडिओहरुको सरुवालगायतका गृहअन्तर्गतका हरेक कामकारबाहीमा लेखकले रकम उठाउने गरेका थिए । कांग्रेसकै शेखर समूहका अर्का मन्त्री दीपक खड्काले पीपीएबापत हाइड्रोका लगानीकर्ताबाट रकम असुल्न लागिपरेका छन् । उनले विभिन्न हाइड्रोहरु कब्जा गरेर बार्गेनिङ सुरु गरिसकेका छन् । कांग्रेसबाटै मन्त्री बन्न सफल पर्यटनमन्त्री बद्री पाण्डे पनि विमानस्थलको मर्मतसम्भारलगायतका विभिन्न कामहरुको ठेक्कापट्टामा खर्च उठाउनै लागेका छन् । श्रममन्त्री शरत्सिंह भण्डारी पनि वैदेशिक रोजगारीका लागि युरोपलगायतका अन्य मुलुक पठाउने म्यानपावर कम्पनीहरुलाई थर्काएर आफ्नो भाग खोज्ने गर्दछन् ।

यस्ता मन्त्रीहरुको झुण्डले केपी ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारको बद्नाम गराउने काम गरेको छ । प्रधानमन्त्री ओलीको हाउडे प्रवृत्ति र क्याबिनेटका भ्रष्ट मन्त्रीहरुको यो सरकार जनतामाझ निकै अलोकप्रिय बनेको छ । नेतृत्वबाटै विधि र कानूनको उल्लंघन हुुँदा जनताले आशा राख्ने ठाउँ अब कतै कहीँ देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *