गौरबका कार्यक्रम भन्ने वित्तिकै भौतिक पूर्वाधार संझने गरिन्छ । जलविधुत् आयोजना, विमानस्थल, सडक जस्ता विकासलाई गौरबको योजना वा कार्यक्रम भन्ने गरिन्छ । लक्षित वर्ग सशक्तिकरणका कार्यक्रम वा योजनाहरु गौरबका योजना भनेको सुनिएको छैन तर भीमेश्वर नगरपालिकाले महिलाहरुको क्षमता विकास कार्यक्रमलाई नगर गौरबको कार्यक्रम मानेको छ । तोकिएको मापदण्ड अनुसारका महिलाहरु छनौट गर्ने र उनीहरुलाई नेतृत्व क्षमता अभिवृद्धि र उद्यमशिलकालागि आवश्यक खुराक दिने कार्यक्रम तय गरेको छ । यो कार्यक्रममा छानीएका युवा महिलाहरुको चाहानामा सिप अभिवृद्धि तालिम र उनीहरुले नैै गरिरहेको व्यवसायलाई प्रवद्र्धन गर्न उत्प्रेरणा वापत थोरै विउँ पुँजी नैं व्यक्तिगत रुपमा नगरपालिकाले उपलव्ध गराउनेछ ।
भीमेश्वर र महिलाको अवस्था
दोलखा जिल्लाका ९ वटा स्थानीय तह मध्ये सदरमुकाममा अवस्थीत छ भीमेश्वर नगरपालिका । यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । १८ हजार भन्दा वढि जनसंख्या महिलाको छ । यस नगरपालिका पुरुषको संख्या साढे १६ हजारको हाराहारीमा रहेको नगरपालिकाको आंकडाले देखाउँछ । घरमा बसोवास गरी स्थानीय अर्थतन्त्र धान्ने पनि महिला नैैं धेर छन् । तर नेतृत्व तहमा महिलाको उपस्थीति न्यून देखिएको छ । यस नगरपालिकामा स्थानीय तहमा निर्वाचित ४९ जना हुने गर्दछन् । हरेक वडाबाट २ जना महिला सहित ५ जना हुने व्यवस्था छ तर यस नगरपालिकाको वडा नंं ९ मा दलितहरु नैं नभएकोले दलित महिला पद रिक्त हुने गर्दछ । यो अवस्था मुलुक गणतन्त्र पछि भएका २ वटै चुनावमा रहेको छ । अर्थात ९ नं. वडामा ४ जना मात्रै जनप्रतिनिधि हुने गर्दछ् ।
वडाका निर्वाचित जनप्रतिनिधि ४४ जना, नगर प्रमुख र उपप्रमुख २ जना र निर्वाचितहरुले मतदान गरेर चयन गर्ने ३ जना समेत गरी ४९ जना जनप्रतिनिधिहरु नगरपालिकामा क्रियाशिल रहेका छन् । ती मध्ये महिलाको संख्या उपप्रमुख सहित १८ जना मात्र रहेका छन् । ती मध्ये पनि २ जना महिला सदस्यहरुको विदेश गएका तथा राजीनामा दिएको चर्चा छ । ति २ जना नगर वा वडाका गतिविधिमा संलग्न नभएको धेरै भैसक्यो । ती निष्कृय भएका जनप्रतिनिधिहरु दलित महिला सदस्य रहेका छन् ।
यो आंकडाले भीमेश्वर नगरपालिका भित्र महिला नेतृत्वको समग्र अवस्था देखाउँछ । ४९ जना मध्ये १८ जना महिला पनि अनिवार्य गरेकोले मात्र भएको भन्नकालागि कुनै दिमाख लगाइरहनु पर्दैन । यदी हरेक वडामा दलित महिला सदस्य र खुल्ला महिला सदस्य नहुने हो भने प्रतिनिधित्वका अवस्था कस्तो हुनेथियो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसै गरी उपप्रमुख महिला हुनुहुन्छ । उम्मेदवारी उठाउँदा प्रमुख र उपप्रमुख मध्ये कम्तीमा १ जना महिला अनिवार्य नभनेको भए कस्को प्रतिनिनिधित्व हुन्थ्यो होला त्यसमा नैं सोचि रहनु नैं पर्दैन । यस्तो अनिवार्य व्यवस्था हुँदाहुँदै पनि दोलखाका केही स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष नैं भएको पाइएको छ । त्यसो हुनुमा एकै दलले अध्यक्ष उपाध्यक्ष उम्मेदवार दिँदा महिला अनिवार्य हुनुपर्दछ तर २ दल मिलेर लड्दा अनिवार्य गरेको छैन । वा कुनै दलले प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र उम्मेदवार दियो भने पुरुष पर्न पनि सक्छ ।
यहि अवस्था दोलखाका केही स्थानीय तहमा देखिएको छ । राजनीति क्षेत्रमा मात्रै हैन अन्य सामुदायिक संख्याहरुमा पनि महिलाको प्रतिनिधित्वमा कमि देखिएको छ । सहकारीमा शेयर सदस्यको अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व भेटिन्न । त्यसै गरी सामुदायिक वन अभियानमा कार्यसमितिमा कम्तीमा आधा महिला भनिएको छ । अध्यक्ष वा सचिव मध्ये एक महिला अनी उपाध्यक्ष वा कोषाध्यक्ष मध्ये एक जना महिला अनिवार्य हुुनु पर्ने कानूनी व्यवस्था छ । यद्यपी सबै सामुदायिक वनले यो व्यवस्था लागु गर्न सकेको छैन ।
कुनै पनि सरकारले योजना कार्यान्वयन गर्दा मूख्य रुपमा २ वटा पद्धती अपनाउने गर्दछ, ठेक्का मार्फत वा उपभोक्ता समिति निर्माण गरेर । यस्ता उपभोक्ता समिति निर्माण गर्दा मूख्य ३ पद मध्ये कम्तीमा एक जना महिलाको प्रतिनिधित्व हुनु पर्दछ । अनी राखिन्छ नाम मात्रै महिलाको काम जती अरुले नैं गरिदिन्छन् । सामान्यतया कोषाध्यक्ष महिलालाई राख्ने गरिन्छ तर काम चेकमा सहि गर्ने भन्दा अरु भेटिन्न । पछि मुद्धा मामिला परेमा धेर फस्ने उही महिला हुन सक्ने अवस्था देखिन्छ ।
यो परिवेशलाई सम्वोधन गर्ने उपाय खोज्ने क्रममा भीमेश्वरका जनप्रतिनिधिहरु घोत्लीए । खास गरी उपप्रमुख कमला बस्नेत आफैं महिला भएको र २०७९ निर्वाचनबाट दोस्रो पटक उहि पदको भूमिका निर्वाह गर्ने अवसर पनि मिलेकोेले महिलाको लागि विशेष कार्यक्रम गर्ने हुटहुटी चलेछ । आफुलाई उम्मेदवार वनाउने राजनीतिक दलका नेताहरु समेतसँग त्यो हुटहुटी राख्नु भयो । नेकपा एमालेले उहाँलाई उम्मेदवार वनाएको थियो । उहाँको हुटहुटीको विषयलाई नेकपा एमाले भीमेश्वर नगर कमिटीमा व्यापक छलफल भयो । महिलाको निम्ति पूर्ण प्याकेजमा काम गर्नु पर्दछ भन्ने सल्लाह भयो ।
अनी जन्मियो ‘भीमेश्वर नगर महिला आत्मनिर्भर कार्यक्रम’ । नाम कार्यक्रम राखिए पनि अभियानका रुपमा सञ्चालन गर्ने सोच विकास भएको थियो । यस कार्यक्रमलाई भीमेश्वर नगरपालिकाको कार्यपालिका र नगरसभाबाट सहज रुपमा पारित गरी नगर गौरबको योजनाको रुपमा अगाडी सारिएको छ । यो कार्यक्रमलाई कार्यान्वयनको मोडसम्म आइ पु¥याउन एक वर्ष भन्दा लामो अभ्यास गरिएको छ । पार्टी कमिटी, जनप्रतिनिधि, कार्यपालिका, विषयगत विज्ञ, नगर सभामा समेत व्यापक छलफल गरी तयार गरेको कार्यक्रम हो । सवैले अपनत्व लिएको कार्यक्रम हो ।
कार्यक्रमको मूख्य पक्ष
यो कार्यक्रमको मूख्य ध्येय उद्यम सहितका महिलालाई निर्णायक भूमिका खेल्न सक्ने हुनु हो । समाजको रुपान्तरणमा नेतृत्व आवश्यक छ । अहिले समाजमा संख्यात्मक रुपमा महिला नैं धेरै छन् । त्यसैले सवाल महिलाको हो भने नेतृत्व पनि महिलाकै हुनु पर्दछ भन्ने हो । समाज वा संस्था रुपान्तरणको हुनै पर्दछ । त्यसकालागि नेता आवश्यक पर्दछ तर नेताको नेतृत्व पेशा होइन, समाज रुपान्तरण वा प्रगतीको अगुवाई गर्ने मान्छे हो । उसको जीवन निर्वाहकालागि अर्को पेशा हुनु पर्दछ । यी दुवै कुरा भएमा मात्र समाज र व्यक्तिको समेत विकास एवं प्रगति हुन्छ भन्ने सोच यो कार्यक्रमले लिएको छ ।
त्यसैले मापदण्ड पूरा भएर हरेक वडाबाट २० जना गरी कुल १ सय ८० छनौट भएका महिलाहरुलाई पहिलो चरणमा उनीहरुको अवस्था विश्लेषण गरिन्छ । कुन कुन संस्था वा संरचनामा आवद्ध हुनु भएको छ । के के काम गरिरहनु भएको छ । कुन संस्था वा संरचना आफ्नोलागि अनुकुल छन् । निश्चित वर्षमा के मा कस्तो नेतृत्व बन्न चाहने हो, त्यो पहिचान गरिन्छ । त्यो व्यक्तिगत रुपमा गरिन्छ । त्यो सपना प्राप्त गर्नकालागि गर्नु पर्ने कामहरुको योजना उनीहरुले बनाउनेछन् । नेतृत्व क्षमता र आर्थिक पक्षको विस्तारको समेत सपना बनाउने छन् ।
त्यसमा आधारित भैं दोस्रो चरणमा उद्यमसँग सम्वन्धी कार्यशाला गर्ने गरिएको छ । सामान्यतयाः अनुदानमुखी कार्यक्रममा निवेदन हाल्ने चलन छ । निवेदन माथि अनुदान दिनेले छानविन गर्ने अनी अनुदान दिने गरिन्छ । यसरी निवेदन हाल्दा अनुदान के आउँछ त्यही अनुसार मिलाएर निवेदन हाल्ने चलन छ । तर यो कार्यक्रममा मापदण्ड अनुसार छनौट भएका उद्यमी महिलाहरुले उनीहरुले जे व्यबसाय गरिरहेका छन् । त्यही कामलाई थप वढाउने योजना बनाउनु पर्दछ र काम गर्नु पर्दछ । त्यही थप कामलाई प्रोत्साहन गर्न नगरपालिकाले न्युनतम् विउँ पुँजीको रुपमा उद्यमी महिलाको वैंक खातामा जम्मा गरिदिने छ । यो रकम फिर्ता गर्नु पर्ने हैन तर थप काम गरि थप पैसा कमाउनु पर्दछ भन्ने मात्रै हो ।
सवालमा आधारित अभियान
महिलाहरु आफ्नो र समाजको रुपान्तरणकालागि अगुवाई गर्ने अठोट निर्धारण गरिरहेका छन् । अनी आर्थिक व्यवस्थापनकालागि उद्यम चयन गर्दछन् । त्यो उद्यम कुनै नयाँ हुँदैन अहिले गरेकैलाई थप प्रवद्र्धन गर्ने योजना वनाउँछन् । समाज र आर्थिक रुपान्तरणमा लाग्दा आउने सवालहरु पहिचान गर्दछन् । ती सवाल सम्वोधनमा आफनो भूमिका खोज्दछन् र अरु भूमिका पनि निक्र्यौल गर्दछन् । उनीहरुले सवाल सम्वोधनकालागि उपायहरु सहितको योजना वनाउँछन् । यस क्रममा केही वडाहरुमा वडा अध्यक्षहरुलाई ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरी समाज रुपान्तरणको अगुवाईको आरम्भ गरिसकेका छन् । यहि नैं हो ‘जस्को सवाल उसैको नेतृत्व अनी अभियान’ ।