बाम्काका अग्नी पीडितलाई सुदूरपश्चिम सरकारले तत्काल चालीस लाख आर्थिक सहयोगको निर्णय

समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालीस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगङ्गा नगरपालिकालाई चालीस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका छन् ।

उनका अनुसार आगलागीको पूर्ण विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्नेछ । मानवीय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई उक्त रकम उपलब्ध गराउने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराइने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *