बजेटको अभावले भवन निर्माणको काम अधुरो, दुई कोठे भवन निर्माण थालिएकोमा रकम अपर्याप्त

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकोमा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको हो ।
तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरू क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिकाले जानकारी दिएको छ । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि गाउँपालिका लागिपरेको जनाइएको छ ।

कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन नसक्दा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य भएका छन् । कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *