अहिले गृहमा १० सहसचिव र सामान्यमा ६ जना सहसचिव अतिरिक्त समूहमा छन् । तर गृह मातहत प्रमुख जिल्ला अधिकारी खटाइनु पर्ने ७ जिल्लामा अझैं पनि उपसचिवहरु सिडियो बनाएर पठाइएको छ । अनि सहसचिव प्रमुख प्रशासकीय अधिकृत रहने १७ महानगर र उपमहानगरपालिकामध्ये १३ वटा पालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत छन् ।
भनियो संघीयता तर कर्मचारीहरु सिंहदरबार छोडेर तलै जानै नमान्दा पछिल्लो समय कर्मचारी परिचालनमा समस्या झेल्दैछन् । सहसचिवलाई प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने नीति छ । तर पहुँचवाला सहसचिव प्रदेश जाँदैनन् । उनीहरू सधैं सिंहदरबारमा बसेर जागिर खाइरहेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रदेश खटाइएका कतिपय सहसचिव एक पटक पनि त्यता नगई बसेका छन् । कुनै व्यक्तिलाई दुई पटक प्रदेश पठाइएको छ । जस्तो सहसचिव डुन्डराज निरौलालाई चार वर्षमा पाँच स्थानमा सरुवा गरियो । यस्ता पीडितहरु पनि छन्,निजामतीभित्रै ।
एक पटक पनि प्रदेशमा नओर्लिएका भुपाल बराल सचिवमा उक्लिएका छन्,केही अघिमात्र । सचिवमात्र होइन सहसचिवहरुमा हाल लोकसेवा आयोगमा रहेकी गीताकुमारी होमागाई,नारायण प्रसाद भट्टराई,अहिले गृहका हर्ताकर्ता रहेका छविलाल रिजाल,अध्ययनका सिलसिलामा जापान पुगेका शेषनारायण पौडेल,अहिले गृहमै रहेका र यातायातको नक्कली लाइसेन्स प्रकरणमा जोडिएका डा टेकराज पाण्डेय डन सहसचिव हुन । जो सहसचिव बनेर पनि कहिल्यै प्रदेश ओर्लिनु परेन । सिंहदरबारै घुमेर जागिर खान पाउने भाग्यमानी प्रशासकमा पर्दछन्,उनीहरु ।
यस्का अलवा श्रवण कुमार तिमिल्सिना,गृहका सदाबहार सिडियोका रुपमा चिनिएका उमेश कुमार ढकाल पनि कहिल्यै नरम अड्डामा बसेर काम गर्न परेन । मधु मरासिनीका भाई शम्भु,शंकरहरि अर्याल,शिवादेवी दाहाल,शैलजा रेग्मीदेखि हाल सञ्चारमा रहेका र राजश्व अनुसन्धान विभाग ताकिरहेका कोषहरि निरौलाले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेको छैन । न त कहिल्यै प्रदेशै ओर्लनु परेको छ ।
यस्तै,महेश भट्टराई,महेश बराल,नारायण रिसाल,विष्णु कोइराला,भरतमणि पाण्डे, धर्मेन्द्र कुमार मिश्र,बन्धु प्रसाद बास्तोला, खगेन्द्र रिजाल,रोशनी कुमारी श्रेष्ठ, सुनिता नेपाल, बुद्ध बहादुर गुरुङ्ग, नारायण अर्याल, जीवलाल भुसालदेखि अर्जुन भट्टराईसम्मका सहसचिवहरु कहिल्यै प्रदेश नओर्लिकन संघमै सेवा गर्ने मौका पाएका छन् । यी यस्ता पावरफुल सहसचिवहरु हुन,जता शक्ति र सत्ता उतै लपक्कै हुन्छन् र मालदार कार्यालय त्यो पनि संघ अन्र्तगत बस्न सफल छन् । उता प्रदेशै नटेकेका अर्काे कान्छा सहसचिव प्रदीप परियार अख्तियारको राडारमा तानिदैंछन् । उनस्ी लोकदर्शन रेग्मी निकट मानिन्छन् ।