डिभिजन प्रमुख सुमन योगेश, भक्तपुर सडक डिभिजन कार्यालय
भक्तपुर डिभिजन सडक कार्यालयको नेतृत्व गरिरहेका इन्जिनियर सुमन योगेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन र भैतिक सम्बन्धी अनुभवी ज्ञान र निष्ठावान प्राविधिक रुपमा चिनिन्छन् । उनै योगेशले भक्तपुर डिभिजन कार्यालय सम्हालेपछि भक्तपुर जिल्लामा सडक पूर्वाधारको विकास, मर्मत तथा सम्भारको काम लाई तिब्रता दिएका छन् । सार्वजनिक गुनासो सम्बोधन गर्नको साथै सडक सम्बन्धी उल्लेखनीय भूमिका खेलेका छन्। इन्जिनियर योगेशले सिभिल इन्जिनियरिङ्गमा स्नातक उपलब्धि हासिल गरेका छन् ।
इन्जिनियरिङ्ग अध्ययन पुल्चोक क्याम्पस (त्रिभुवन विश्वविद्यालय) बाट हासिल गरेका हुन्। उनले आफ्नो अध्ययनलाई अझ अगाडि बढाउँदै पोखरा विश्वविद्यालय अन्तर्गत पोखरा इन्जिनियरिङ्ग कलेजबाट एमएससी (कन्स्ट्रक्सन म्यानेजमेन्ट) को डिग्री हासिल गरेका छन्। प्राविधिक दक्षता र व्यवस्थापनमा पनि उत्तिकै गहिरो भूमिका राख्ने योगेश इन्जिनियरिङ्ग कार्यान्वयनमा व्यवहारिकता र व्यवस्थापन क्षमता राख्ने कर्मचारी हुन् । योगेशले वि.सं. २०५६ देखि २०६३ सम्म बारा जिल्लाको जिल्ला विकास समिति (जिविस) मा इन्जिनियरको रूपमा कार्य थिए। सात वर्षको स्थानीय तहको अनुभवले योगेशलाई थप सहजिकरण बनाएको थियो।
त्यसपछिका चरणहरूमा उनीले नेपाल सरकार, सडक विभाग अन्तर्गत सिनियर डिभिजन इन्जिनियर को रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न आयोजना तथा कार्यालयमा उनले नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्। भक्तपुर डिभिजन प्रमुख हुनु अघि थुप्रै जिल्लामा योजनाको परिकल्पना, बजेट व्यवस्थापन, ठेक्का प्रक्रिया र प्राविधिक निरीक्षणमा काम गरिसकेका व्यक्ति हुन् । भक्तपुर डिभिजनको प्रमुख बनेपछि इन्जिनियर योगेशले धेरैजसो खाल्डाखुल्डी सडकहरूको मर्मत, पुराना सडकहरूको स्तरोन्नति र निर्माणाधीन सडकहरूको निगरानीमा जोड दिएका छन्।
स्थानीय तहहरूसँग समन्वय गर्दै जनगुनासोमा तत्काल प्रतिक्रिया दिने प्रणाली सञ्चालनमा ल्याएका छन्। भक्तपुरजस्तो ऐतिहासिक र साँघुरा सडक क्षेत्रलाई पूर्वाधार निर्माणका लागि अनुकूल बनाउन विशेष योजना बनाएका छन् । बजेट अभाव, पुरातत्व क्षेत्रको संरक्षण र स्थानीय समन्वयलाई मिलाउने काम गर्नु चुनौतीपूर्ण रहेको उनले स्वीकार गर्ने गरेका छन् । यस्ता चुनौतीबीच पनि उनले प्रयोगात्मक योजना र स्थलगत अनुगमनमार्फत समाधान गरिरहेका छन्। उनीसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश प्रतिनिधिले गरेको कुराकानीको अंशः
० तपाईँ आएपछि भक्तपुर डिभिजन सडक कार्यालयमा के कस्ता कामहरु भएका छन् ?
मुख्य सडकहरू — जस्तो कि जगाती, कमलविनायक, मध्यपुरथिमि, चाँगुनारायण जस्ता क्षेत्रमा क्षतिग्रस्त सडकहरुको तत्काल मर्मत, सम्भार सुरु गरेका छौं । डिभिजनमार्फत धेरै स्थानमा ग्राभेल, बिटुमिन लगाउने र खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा गरिएको छ । स्थानीय तहहरूसँग सहकार्य गर्दै सडक सुधारका कार्यमा सहजीकरण गरेका छौं । नगरपालिकाको मागअनुसार सडकको उचाइ घटाउने, ढल निकास सहज बनाउने लगायतका काममा डिभिजन सडक कार्यालयहरुले गर्दै आएको छ । विगतमा डिभिजनमा आउने गुनासोहरूको सम्बोधन ढिलो नगरि गुनासाको सुनुवाइ गर्ने, गुनासोको व्यवस्थापन प्रणालीमा सुधार ल्याउने काम गर्दै आएका छौं ।
स्थानीय बासिन्दा वा जनप्रतिनिधिबाट आएको सानोतिना समस्या पनि निरीक्षण टोलीमार्फत छानबिन गरि सम्भव भएसम्म तुरुन्तै समाधान गरिने अभ्यास थालिएको छ । ठेक्काका काममा ‘भिओ’ प्रणालीको प्रयोगमा निगरानी बढाएका छौं । कार्यक्षेत्रको प्रगति अनुगमन गर्न इन्जिनियर योगेश स्वयं निरीक्षणमा जाने, फील्ड रिपोर्ट माग गर्ने, ढिलासुस्ती हुने ठेकेदारलाई ताकेता गर्ने परिपाटी अपनाएका छन् । भक्तपुरको भीडभाड र साँघुरो सडक संरचना सुधार गर्न केही नयाँ आयोजनाको सम्भावना र अध्ययन पनि गरिएको छ । विभिन्न स्थानमा ’स्मार्ट सडक’ अवधारणाको प्रयोग गर्न सकिने सम्भावनाहरूको प्रारम्भिक प्रस्ताव तयार गरिएको छ । वातावरणीय प्रभाव मुल्यांकन आवश्यक पर्ने आयोजनामा अध्ययन र स्वीकृति प्रक्रिया पारदर्शी बनाउने, सडक छेउछाउको हरियाली जोगाउने कार्यमा पनि डिभिजनले सक्रियता देखाएको छ । भक्तपुर डिभिजन कार्यालयले सडक सुधार गर्ने र सार्वजनिक सेवा प्रवाह र पारदर्शिता कायम गर्ने दिशामा उल्लेखनीय कामहरू अघि बढाएको छ । यस्ता सुधारको कामले भक्तपुर बासीहरु डिभिजनप्रति भरोसा बढाएका छन् ।
० वर्षा सुरू भएसँगै भक्तपुरका केही सडकहरूमा हिलाम्मे र खाल्डाखुल्डी देखिएको छ, तत्कालीन व्यवस्थापनको लागि डिभिजन सडक कार्यालयले के तयारी गरेको छ ?
वर्षा सुरु भएसँगै सडकको अवस्था विग्रनु स्वाभाविक भएतापनि हामीले यसको पूर्वतयारी स्वरूप असार १ गतेदेखि नै “मनसुन पूर्वसजगता कार्यक्रम“ सुरु गरिसकेका छौँ । यसअन्तर्गत जनगुनासा धेरै आएको खण्डमा खाल्डाखुल्डी समयमै पुर्ने र अवरुद्ध भएका स्थानहरू पहिचान गरी मर्मतका लागि इमरजेन्सी टोली खटाएका छौं । विशेषगरी, व्यस्त सडक जस्तै जगाती–सल्लाघारी, कमलविनायक–सिपाडोल र सुर्यविनायक–दुधपाटी सडक क्षेत्रमा हिलाम्मे भएको खण्डमा ग्राभेल र चिनी पत्थर प्रयोग गरेर अस्थायी व्यवस्थापन गरिएको छ । साथै, नगरपालिकासँग मिलेर ढल निकास गर्ने काम भयरहेको छ ।
० मेलम्ची खानेपानी आपूर्ति योजनाका पाइप बिछ्याउने क्रममा भक्तपुरका सडकहरू खनिएका छन्, ती सडक पुनःनिर्माणको जिम्मा कसले लिने हो र समन्वय कस्तो भइरहेको छ?
मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर पाइप बिछ्याउने काम सम्पन्न भइसकेका धेरै ठाउँहरूमा सडक पुनःनिर्माणको जिम्मेवारी आयोजनाले लिनुपर्ने हो । तर, कतिपय ठाउँमा ढिलासुस्ती भएकाले हामीले पटक–पटक आयोजना प्रमुखहरूलाई पुनर्निर्माण कार्य तिव्र पार्न आग्रह गरिरहेका छौँ । सडक डिभिजनको तर्फबाट हामीले डिपार्टमेन्टमार्फत दबाब दिइरहेका छौँ र अत्यावश्यक स्थानहरूमा आफ्नो बजेटबाट पनि अस्थायी मर्मत गरेका छौँ । तर यो दीर्घकालीन समाधान भने होइन, मुख्य जिम्मेवारी मेलम्ची आयोजनाकै हो ।
० भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएका सडक आयोजनाहरू अहिलेसम्म किन सम्पन्न हुन सकेनन्?
भूकम्पपछिका धेरै सडक योजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (ल्च्ब्) को जिम्मामा थिए । तर संस्थागत हस्तान्तरणपछि ती योजनाहरू सडक विभाग वा स्थानीय तहमा आएका छन् । कतिपय योजना दोहोरो भएको कारण अद्यावधिक गर्न समय लागेको छ । त्यसको साथसाथै, बजेट विनियोजनमा ढिलाइ, प्राविधिक अभाव, र सार्वजनिक खरीद प्रक्रिया लामो हुनुले पनि प्रभाव पारेको हो । हाल हामी ती योजनाहरूलाई प्राथमिकतामा राखेर पुनः बजेट विनियोजन गरिरहेका छौँ र २०८२÷८३ भित्र सक्ने लक्ष्य लिएका छौँ ।
० सडक निर्माणमा मापदण्ड विपरीत काम भएको भन्ने जनगुनासो बढिरहेको छ, गुणस्तर विभागले हाल कस्तो प्रविधि वा संयन्त्र अपनाएको छ?
हामीले प्रत्येक आयोजना प्रारम्भ गर्नु अगावै म्भतबष्भिम एचयवभअत च्भउयचत (म्एच्) तयार गर्छौं । काम सुरु भएपछि, गुणस्तर जाँचको लागि साइट सुपरभिजन इन्जिनियर, उपभोक्ता समिति र प्रयोगशालामा स्याम्पल परीक्षणको संयन्त्र सञ्चालनमा छ । साथै, अब हामीले त्तच् कोड समावेश गरिएको डिजिटल मापन प्रणालीको प्रयोग गर्दैछौं जसबाट हरेक चरणको तस्वीर, मापन र प्रगति अनलाइन अद्यावधिक हुन्छ । मापदण्ड विपरीत काम भेटिएमा बिल रोक्का गर्ने, मर्मत गराउने वा जरिवाना तिराउने प्रक्रिया अपनाएका छौं ।
० मर्मत र कालोपत्रे गरिएका सडकहरू छिट्टै बिग्रिने गरेको जन गुनासो छ, तपाईंको प्रतिक्रिया के छ ?
सडक मर्मत वा कालोपत्रे पछिको दीर्घायु मुख्यतया कामको गुणस्तर, प्रयोग गरिने सामग्री, पानीनिकासाको व्यवस्थापन गर्ने र ट्राफिक लोडमा ध्यान दिने, ठेकेदारलाई स्पष्ट मापदण्डको आधारमा काम गर्न निर्देशन दिने र केही सडकहरूमा समयमै नाली निर्माण नहुनु, वा असिनापानीको असरले छोटो अवधिमा सडक बिग्रिने समस्या देखिएको छ । त्यसैले अहिले हामीले निर्माणको पूर्वसन्ध्यामा प्राविधिकहरूबाट डिजाइन प्रमाणीकरण गराउने, सुपरभिजन कडा गर्ने र अनुगमन प्रक्रिया थप प्रभावकारी बनाउने प्रक्रियामा छौं । गुणस्तरमा कमी देखिएमा ठेकेदारलाई पुनः मर्मत गराउने र आवश्यकता अनुसारको कारबाहीको व्यवस्था गरेका छौं ।
० विकाशको योजना बनाउँदा के को आधारमा तयार गरिन्छ ?
योजना निर्माणमा दुई तहका प्रक्रिया अपनाइन्छन्—स्थानीय तहको प्रस्ताव र माथिल्लो तहबाट प्राप्त निर्देशन। हामीले स्थानीय तहहरूबाट प्राप्त मागहरूलाई प्राथमिकतामा राखेर योजना बनाउने गरेका छौं । त्यसपछि मन्त्रालय र डिपीआरसीबाट प्राप्त सिफारिसअनुसार बजेट विनियोजनका आधारमा अन्तिम निर्णय हुन्छ। योजना छनोट गर्दा स्थानीय स्तरमा समस्या धेरै देखिएको स्थान, सामाजिक र भौगोलिक अवस्था, र नागरिकको गुनासोलाइ समेटेर योजना बनाइन्छ । त्यसैले योजना माथिबाट मात्र होइन, स्थानीयस्तरको मागलाई प्राथमिकतामा राख्ने प्रयास गरिएको छ ।
० चालु आर्थिक वर्षमा सडक डिभिजन भक्तपुरले कति बजेट पाएको छ ?
चालु आर्थिक वर्ष २०८१÷८२ मा सडक डिभिजन भक्तपुरलाई केन्द्र र प्रदेश सरकारबाट करिब ४८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। यो बजेट सडक कालोपत्रे देखि ग्राभेल, नाली निर्माण, पुलपुलेसा मर्मत, र आपतकालीन सडक मर्मत जस्ता विभिन्न योजनामा छुट्याइएको छ । त्यसमध्ये सबैभन्दा बढी बजेट मध्यपुर थिमी क्षेत्रका सहरी सडकहरूमा केन्द्रित गरिएको छ, किनभने यहाँ ट्राफिक चाप बढी छ । त्यसपछि सूर्यविनायक क्षेत्रको दक्षिणी भेगमा रहेका ग्रामीण सडकहरूलाई सुधार गर्न छुट्याइएको छ । सम्पूर्ण योजनाको विवरण सार्वजनिक रूपमा वेबसाइटमा राखिएको छ ।
० निर्माणको क्रममा ढिलो गर्ने ठेकेदारप्रति के कारबाही गर्नु भएको छ ?
निर्धारित समयभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई हामीले पहिलो चरणमा चेतावनी, दोस्रो चरणमा धरौटी जफत र अन्ततः कालो सूचीमा राख्ने प्रक्रिया अपनाएका छौं । गत आर्थिक वर्षमा दुईवटा कम्पनीलाई ब्ल्याकलिस्ट गर्न सिफारिस गरिसकेका थियांै ।
अन्य कम्पनीहरूमाथि म्याद थप गरी जरिवाना सहित काम अघि बढाउन लगाइएको छ। यस्ता ठेकेदारले भविष्यमा कुनै काम पाउने सम्भावना कम हुन्छ, ताकि अनुशासन पालनामा सुधार हुनुपर्छ ।
० सडक विस्तार गर्दा सरोकारवाला र स्थानीयबासीसँग कतिको समन्वय हुन्छ ?
सडक विस्तारजस्ता काम गर्दा प्रत्यक्ष प्रभावित हुने घरधनी, स्थानीय सरकार र प्रहरी प्रशासनसँग प्रारम्भिक समन्वय आवश्यक गरिरहेका छौं । हामी प्रत्येक योजना सुरु गर्नु अघि नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाइ गर्छौं । त्यसैगरी सिभिल सोसाइटी, उपभोक्ता समिति र स्थानीय नेता तथा जनप्रतिनिधिलाई समेत समेटेर कार्य अघि बढाउने हाम्रो कार्यशैली हो । समन्वय विना कुनै योजना कार्यान्वयन गर्दा समस्या आउँछ भन्ने बुझेर हामीले सम्बन्धी क्षेत्रलाई संवादमा राखेर छलफल गर्दै आएका छौं ।
० भक्तपुरमा ट्राफिक जाम कम गर्नको लागि डिभिजनको तर्फबाट के के योजना छन् ?
भक्तपुरको बढ्दो शहरीकरण र सवारी चापलाई ध्यानमा राखेर हामीले वैकल्पिक मार्गहरूको पहिचान गरी निर्माण योजना अघि बढाएका छौं । जस्तै, लोकन्थली–ठिमी बाइपास मार्ग, सूर्यविनायक क्षेत्रको बायाँपट्टी सहायक मार्गहरूको सुधार कार्य योजनामा छ । त्यस्तै, पार्किङ क्षेत्रको व्यवस्था, पैदल यात्रुको लागि सुरक्षित फुटपाथ र जेब्रा क्रसिङ विस्तारको कार्य पनि दीर्घकालीन सोचमा समेटिएको छ। यसका लागि नगरपालिकासँग पनि समन्वयमा छौं ।
० केही आयोजना चयनमा राजनीतिक दबाब परेको वा चलखेल भएको आरोप पनि सुनिन्छ, के सत्य हो ?
राजनीतिक दबाब भन्ने कुरा कहिलेकाहीं आउन सक्छ, तर निर्णय गर्दा हामीले प्रविधिक मूल्यांकन, प्राथमिकता, र जनगुनासोको आधारमा काम गर्छौं । कुनैपनि योजना कार्यान्वयनमा सम्बन्धित निकायहरूको सिफारिस र डिपीआरको अध्ययन पछि मात्र निर्णय हुन्छ । चाहे जुनसुकै तहको सिफारिस आए पनि प्राविधिक दृष्टिकोणबाट उपयुक्त नभए योजना अगाडि बढाइँदैन । त्यसैले, चलखेलबाट योजना पारित गराउने सम्भावना न्यून बनाइएको छ ।
० कर्मचारी सरुवा, ठेक्का प्रक्रिया, अनुगमनमा ढिलाइ जस्ता विषयमा विवाद उठेका छन्, तपाईंको धारणा के छ?
सरुवा र ठेक्का प्रक्रियामा कतिपय भ्रम या अफवाह फैलाउन सक्छ, तर हामीले पूर्ण रूपमा कानूनी प्रक्रियागत ढंगले कार्य अगाडि बढाएका छौं । अनुगमन ढिलाइ भएको हो भने त्यो स्रोत अभाव वा आकस्मिक कारणले हुन सक्छ, तर त्यसलाई समाधान गर्न थप इन्जिनियर परिचालन गर्दै आएका छौं । हाम्रो कार्यलयले सधैं आलोचनालाई स्वागत गर्छ र सुधारमा विश्वास गर्छ । सुधारको लागि मिडिया, जनप्रतिनिधि र नागरिक समाजको सुझावलाई पनि ध्यानपूर्वक लिएका छौं ।
० भक्तपुर ऐतिहासिक शहर हो,सम्पदाको संरक्षणबीच कसरी सन्तुलन मिलाउन खोज्नु भएको छ?
भक्तपुरको ऐतिहासिकता हाम्रो गौरव हो । यहाँको सम्पदा संरक्षित राख्ने हाम्रो साझा जिम्मेवारी हो । त्यसैले, हामीले साँघुरा गल्लीहरूमा यथासम्भव सडकका दुवै छेउ ढल निकासलाई भूमिगत राख्ने र विद्युतीय लाइन भूमिगत गर्न स्थानीय तहसँग मिलेर योजना बनाइरहेका छौँ । त्यस्तै, पुरातात्त्विक क्षेत्रभित्र पर्ने सडक मर्मत गर्दा विभागसँग सहमति लिएर आवश्यकता अनुसार काम गर्ने गरेका छौं ।
० स्थानीय तहबाट कहिलेकाहीँ डिभिजनको अधिकार क्षेत्रभित्र रहेका सडकहरु मिचिने वा दोहोरो जिम्मेवारी हुने गुनासो आउँछ, तपाईंको धारणा के छ?
संघीय संरचनापछि कतिपय कार्यक्षेत्रहरू अस्पष्ट हुँदा दोहोरो जिम्मेवारी देखिन सक्छ । तर हामीले स्पष्ट छुट्टयाउने प्रयास गरेका छौँ—जस्तै, १० मिटरभन्दा चौडा सडक हाम्रो जिम्मा पर्छ भने साँघुरा गल्ली र नाला निर्माण स्थानीय तहको जिम्मेवारीमा पर्छ । जसले गर्दा समन्वय बैठक गरी जिम्मेवारी तय गरिन्छ । विकासले टकराव होइन, सहकार्य चाहन्छ भन्ने सोचका साथ हामी नगर र गाउँपालिकासँग नियमित बैठक गर्दै आएका छौँ ।
० ठूला योजनाको ठेक्का प्रक्रिया लम्बिँदै जाने कारण के हो?
ठूलो आयोजना सञ्चालन गर्नु अगावै डिपिआर, इञ्जिनियरिङ डिजाइन, वातावरणीय परीक्षण र स्वीकृतिका प्रक्रिया लम्बिन सक्छ । कतिपय अवस्थामा ई–बिडिङमा प्रतिस्पर्धी नआउनु वा दररेट धेरै घटाउनुले पनि प्रक्रिया स्थगित हुन सक्छ । हामीले अहिले प्रस्ताव मस्यौदादेखि सम्झौता अन्तिम हुने समयसीमा निश्चित गरेर अनलाइन ट्र्याकिङ प्रणाली लागू गरेका छौँ । साथै, प्रस्तावमा गम्भीर त्रुटि भए चाँडै सच्याएर पुनः प्रकाशित गर्ने लचकता अपनाएका छौँ । यसरी बजेट फ्रिज हुने जोखिम घटाउने प्रयास भइरहेको छ ।

