ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको बैठक बस्दै, विधान महाधिवेशनको मिति नजिकिएसँगै त्यसको तयारी

विविध समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालयमा बुधबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्दै छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुखले जनाएको हो ।नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको भनाइ रहेकोछ । ‘विधान महाधिवेशनमा प्रस्तुत गर्ने संशोधित विधानको प्रस्तावित खाका बनाउनुपर्छ । त्यसपछि राजनीतिक प्रस्ताव, तेस्रो संगठनात्मक प्रस्ताव र समसामयिक सङ्कल्प प्रस्तावहरू पनि तयार गर्नुपर्छ । ती कामका लागि नेताहरूलाई जिम्मेवारी आजको बैठकले दिनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘संशोधित विधानको खाका मातहतका कमिटीमार्फत सुझाव माग्नुपर्ने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *