श्रम इजाजतसम्बन्धि विज्ञापन श्रम संसार रोजगार पोर्टलमा अनिवार्य प्रकशित गर्नुपर्ने

राेजगार समाचार

काठमाडौं । वैदेशिक रोजगारको श्रम इजाजत सम्बन्धि विज्ञापन नेपाल सरकारको ‘श्रम संसार रोजगार पोर्टल’ वा ‘श्रम संसार एप’ मा अनिवार्य रूपमा प्रकशित गर्नुपर्ने भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस अघि श्रम इजाजत सम्बन्धि विज्ञापन राष्ट्रिय दैनिकमा अनिवार्य प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोमा अब देखि सरकारको श्रम संसार रोजगार पोर्टल वा श्रम संसार एप मा अनिवार्य रूपमा प्रकशित गर्नुपर्ने भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले भनेको छ( विज्ञापन प्रकाशन गर्दा पनि नेपाली नागरिकबाट तोकिएबमोजिम दरखास्त नपरेमा वा नेपाली नागरिक छनोट हुन नसकेमा सोको प्रमाणसहित रोजगारदाताले विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभाग समक्ष निवेदन दिन सक्ने हुँदा श्रम नियमावली, २०७५ को नियम ७ को उपनियम (३) बमोजिम त्यस्तो विज्ञापन मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नुपर्ने व्यवस्था रहेकोले उक्त विज्ञापन मन्त्रालयद्वारा सञ्चालित “श्रम संसार रोजगार पोर्टल” (www.shramsansar.gov.np) वा “श्रम संसार एप” (Shramsansar app) मा समेत अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यहोरा यसै सूचनाद्वारा सरोकारवाला सबैको लागि सूचित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *