डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माणको अन्तिम चरणमा

अर्थ/वाणिज्य कर्पोरेट

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो ।

‘एकाउन्न रोपनी जग्गामा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो ।
डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा तीन अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *