टिनिडाजोल ट्याब्लेट भेटियो गुणस्तरहीन,बेचबिखन तथा प्रयोग नगर्न आम सर्वसाधारणलाई आग्रह

शिक्षा/स्वास्थ समाचार

काठमाडौं। काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता लिन औषधी व्यवस्था विभागले निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा ब्याच नम्बर टीजे ३–०१२३ नम्बरको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भेटिएको विभागले जनाएको हो । ‘उक्त औषधि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई जानकारी गराइन्छ ।’ विभाद्वारा जारी सूचनामा भनिएको छ ।

सो औषधिको सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न पनि विभागले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *