काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विगत लामो समयदेखि विचौलिया र माफियाको कब्जामा पर्दै आएको छ ।संघीय मन्त्रालयमा विचौलिया र कर्मचारीहरुको सेटिङ चलिरहेको छ । संघीय मन्त्रालयका तत्कालीन सह–सचिव कमल भट्टराईले कर्मचारी सरुवामा व्यापक सेटिङ गरेर रकम चेलखेल गर्ने गरेका थिए । भट्टराई माओवादी निकट सह–सचिव हुन् । सेटिङ गरी खान र खुवाउन माहिर भट्टराई विभिन्न देशको काउन्सलर पनि हुन भ्याए ।
रकम चलखेल गरेकै आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका थिए । उनै भट्टराई सचिवसँग सेटिङ मिलाएर वैदेशिक रोजगार विभागको महानिर्देंशक बनेर तर मारिरहेका छन् । अर्का उपसचिव कमल भट्टराई विगत लामो समयसम्म संघीय मन्त्रालयमा बसेर कर्मचारी सरुवा, बढुवामा सेटिङ गरी कमाउ धन्दा सञ्चालन गर्दा तत्कालीन संघीय मन्त्री राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन वाध्य पारेका थिए । भट्टराईले सेटिङ मिलाएबात पाउने घुस बुझ्ने ठाउँ कोटेश्वरस्थित महादेव थान नजिक बनाएका थिए ।
सेटिङ बापतको घुस रकम बुझाउने बन्दोबस्त चाहीं नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले मिलाउने गरेको स्रोतले उल्लेख गरेको छ । आरसी र भट्टराई लामो समयसम्म संघीय मन्त्रालयमा बसेर एमालेबाट बनेका मन्त्रीहरुलाई प्रयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिमा पर्दछन् । यिनै भट्टराई र आरसीले आगामी चुनावलाई खर्च चाहिन्छ, मन्त्री ज्यू भन्दै,घुसकोे चाजोपाजो मिलाउन लगाएर मन्त्रीलाई ८७ लाख घुसको डिल गर्न उक्साएको स्रोत बताउँछ । उनीहरुको उक्साहटमा लाग्दा मन्त्री गुप्ताको पदै गएको थियो । अहिले भट्टराई भने टोखा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत बनेर गएका छन् ।
भट्टराई टोखा नगरपालिका पुगे तापनि सिंहदरबार नजिकै भएकाले संघीयमा उनका मित्र आरसी अधिकारी भएकाले नवनियुक्त संघीय मामिला मन्त्री न्यौपानलाई पनि नडुबाउलान् भन्न सकिन्न । महासचिव आरसी विगत लामो समयदेखि संघीय मन्त्रालयमा राज गरिरहेका छन् । पहिला कर्मचारी संगठनको उपमहासचिव मात्रै हुँदा त उनको रवाफ छुट्टै थियो भने अहिले झन् महासचिव भएपछि उनको हर्कतको कुरै नरौं ।
उता, तत्कालीन संघीय मन्त्री गुप्ताको पद खुस्किएपछि गुप्ताको सचिवालयमा बसेका अमित ढुंगाना ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत भएर गएका छन् । ढुंगानाले पनि आरसीलाई प्रयोग गरेर महालक्ष्मी नगरपालिका जान सफल भएको बताइन्छ । अर्का नामुद खेलाडी उपसचिव छन् तुलसी भट्टराई । भट्टराई दश वर्षभन्दा बढी समयदेखि संघीय मन्त्रालयमा रजगज गर्दै आएका छन् । भट्टराई जुनसुकै पार्टीको मन्त्री आएपनि छेपाराले रंग फेरेझैं रंग फेरेर तिनैमन्त्रीसँग मिल्ने कर्मचारी हुन् ।

