हेटौँडा उपमहानगरपालिकामा पहिलो महिनामा तीन करोडभन्दा बढी राजस्व संकलन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखा कार्यालयले पूर्वाधार सेवाको उपयोग बापत एक करोड ३३ लाख ८८ हजार रुपैयाँ उठाएको छ, भने त्यस्तै सम्पत्ति कर ४५ लाख ९९ हजार, घरबहाल कर ६५ लाख २० हजार, बहाल बिटोरी कर १६ लाख ४५ हजार, व्यवसाय कर ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार रुपैयाँ संकलन भएको हो ।

आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *