साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा

खेलकुद समाचार

काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने भुटानलाई हराएको थियो । यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले भुटानलाई पराजित गरेको थियो ।
साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बङ्गलादेशबीच ६ खेल भएका छन् । जसमा बङ्गलादेशले चार र नेपालले एक खेलमा जित हासिल गरेको छ । एक खेल बराबरी भएको थियो ।

राउण्ड रोबिन पद्धतिमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्ने छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *