फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि बन्द

विविध समाचार

काठमाडौं । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि उडान बन्द भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा रहेको छ । इलाम नगरपालिकाले विमानस्थल उडान नियमित रुपमा गर्न जिल्लावासीसँग माग गरेका छन् । २०७५ साल जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए ।

त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *