घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । समानुभुती नेपालले अस्पतालमा उपचाररत घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाइरहेको छ ।

सोमबार र मंगलबारको जेनजी प्रदर्शनका क्रममा अस्पतालमा भर्ना भएका घाइते र उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीका लागि संस्थाले निःशुल्क खानाको व्यवस्था गरेको हो ।सिभिलमा बिरामीको चाप बढेको थाहा पाएपछि कोही भोकै नपरुन भन्ने सोचका साथ यहाँ आएको समानुभुती नेपालले जनाएको छ । ‘बिरामीहरू डिस्चार्ज नहुन्जेलसम्म निःशुल्क खानाको सेवा निरन्तर चलाइने बताउँदै हाल दैनिक बिहान–बेलुका करिब पाँच सय जनालाई खाना खुवाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *